रोगको भकारी बन्दै मोटोपन, यस्तो छ जोगिने उपाय

काठमाडौं – मोटो हुन पनि रोग हो भन्दा हामी मध्ये धेरैले नपत्याउन सक्छौँ । तर विश्वमा पछिल्लो समय मोटोपन मानव समुदायमा ठूलो स्वास्थ्य चुनौती बनेर आएको छ ।

नेपालमा पनि मोटोपनका कारण देखिने विभिन्न स्वास्थ्य समस्या बढ्दै गएको डाक्टरले बताएका छन् । निष्क्रिय जीवनशैली, खानपानमा असन्तुलन तथा वंशाणुगत कारण मोटोपन हुने गरेको छ ।

यस्तै व्यायामको कमी, चिल्लो तथा बोसोयुक्त खानाको प्रयोगका कारण पनि मोटोपनको समस्या बढेको छ । मोटोपनका कारण आउने हृदयघात, उच्च रक्तचापसहितका स्वास्थ्य समस्याले मानिसको अप्रत्यासित रुपमा मृत्यु पनि हुने गरेको छ ।

शारीरिक श्रमको कम गर्ने, धेरै खाने , धेरै सुत्ने, गुलियो र मसलायुक्त खाना खाने बानीले पनि मोटोपन बढाउने डाक्टरको भनाई छ ।

मोटोपनका कारण शरीरमा बोसो बढ्नुका साथै मधुमेह, उच्च रक्तचाप, मुटु सम्बन्धी रोग र मिर्गौला सम्बन्धी रोग हुन सक्ने डाक्टर बताउँछन् ।

रोकथाम कसरी गर्ने ?

१) योग उपचार

योगासनले मोटोपन र त्यसबाट सुरु हुन थालेको रोगको केही हदसम्म न्यूनिकरण गर्न सकिन्छ । पौडी खोल्ने, दौडने, सूर्य नमस्कार, भुंजगासन, मेरुदण्डासन जस्ता योग दैनिक रुपमा अनुभवी प्रशिक्षक निर्देशनमा गर्ने हो भने मोटोपन बिस्तारै घट्ने डाक्टर बताउँछन् ।

२) दिनको एक पटक मात्रै खाना खाने

चमल तथा गहुँमा कार्बोहाइड्रोटको मात्रा बढी हुने हुदाँ मोटोपन घटाउन यस्ता खाना दिनमा ए पटक खाँदा उत्तम हुन्छ ।

३) चिल्लो कम खाने

अनावाश्यक चिल्लोले शरीरलाई बेफाइदा गर्नुको साथै शरीरमा बोसो बढउने हुदाँ चिल्लो त्याग्न जरुरी छ ।

४) धेरै गुलियो नखाने

अत्याधिक गुलियोले मधुमेह बनाउनुको साथै मोटोपनलाई बढावा दिने हुँदा धेरै गुलियो खानु हुँदैन् ।

५) दैनिक रुपमा व्यायाम गर्ने

शारीरिक व्यायामले मोटोपनलाई केहीहदसम्म घटाउने हुँदा दैनिक जसो व्यायम गर्नु पर्छ । दैनिक रुपमा १ घण्टा सामान्य हिँडडुल गर्नु राम्रो मान्निछ ।

६) रक्सी सोवन नगर्ने

रक्सीजन्य पदार्थमा मोटोपन बढाउने तत्व हुने हुँदा मद्यपान र धुम्रापान नगर्दा शरीर स्वास्थ्य राख्न सकिन्छ ।

७) फलफूलमा बढी जोड दिने

फलफूलले शरीरमा शक्ति प्रदान गर्नुको साथै मोटोपन बढ्न दिँदैन तर मोटोपन भएकाले केरा नखानु उत्तम मान्निछ ।

फाल्गुन ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्