आज बिहानको भुइँचालो ४८८ औँ पराकम्प

काठमाडौँ- बुधबार बिहान २ बजेर २३ मिनेटमा भुइँचालो जाँदा काठमाडौँका अधिकांश मानिसहरु ओछ्यानमा सुतिरहेका थिए। यद्पि काठमाडौँमै केन्द्रविन्दु भएका कारण त्यो सानै स्केलको भुइँचालोको बढी महसुस भएको थियो, राजधानीमा।

३ दशमलव ६ म्याग्निच्यूडको भुइँचालोका कारण घरहरु हल्लिएका थिए। कुनै क्षति भने भएन।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनसार गोरखा केन्द्रविन्दु भई २०७२ साल वैशाख १२ गते गएको ७.६ रेक्टर स्केलकै पराकम्पमा रुपमा बुधबार बिहानको भुइँचालो महसुस भएको हो। बुधबार बिहानको पराकम्प गोरखा भूकम्पको ४८८ औँ पराकम्प रहेकोसमेत भूकम्पमापन केन्द्रले जानकारी दिएको छ।

 

फाल्गुन ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्