अध्‍ययन भन्छ- चिल्लो पदार्थ पुरुषको ‘स्पर्म’का लागि घातक!

काठमाडौं- विश्‍वभरिका धेरै देशमा पुरुषको शुक्राणु संख्यामा आएको गिरावटले वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन्। विगत ४० वर्षदेखि गरिएको अनुसान्धानमा उनीहरुले विश्‍वभरका पुरुषमा करीब ५० प्रतिशतभन्दा बढी शुक्राणु घटेको दाबी गरेका छन्।

विश्‍व स्वास्थ्य संगठन( डल्बलू एचओ)का अनुसार एउटा सामान्‍य पुरुषको वीर्यमा संख्या १.५ देखि ३.९ करोड शुक्राणु हुनुपर्छ। तर विश्‍वभरका विभिन्‍न ल्‍याबमा पुरुषहरुको वीर्य परीक्षण गर्दा ५० प्रतिशत भन्दाबढी शुक्राणुको संख्यामा कमी आएको बीबीसीले उल्लेख गरेको छ।

अमेरिकाको एक क्लिनिकमा विभिन्‍न देशका ९९ परुषको वीर्यलाई लिएर अध्‍ययन गर्दा फ्याट अर्थात चिल्‍लो र तेलयुक्त खानेकुरा/जंक फुड खाने पुरुषमा शुक्राणुको गुणात्मक रुपमा कमी आएको देखाएको छ। उनीहरुको शुक्राणुको संख्‍यामा भारी गिरावट आएको पाइएको छ।

वैज्ञानिकहरुले भनेका छन्, ‘शुक्राणुको संख्यामा आएको कमीको सिधा सम्बन्ध प्रजनन् क्षमतासँग हुन्छ। तपाईको शुक्राणुको संख्या कति छ भन्‍ने तथ्‍य यसको सिधा सम्बन्ध खानपिनसँग हुन्छ। तपाई जे खानु हुन्छ त्यसले शरिरको सबै गतिविधि निर्धारित हुन्छ।’

अध्ययन अनुसार जसको शरीरमा ओमेगा ३ फ्याट्टी एसिडको मात्रा पर्याप्त हुन्छ उसको शुक्राणुमा गुणात्मक रुपमा राम्रो हुन्छ। यो एसिड माछा र वनस्पतिको तेलमा पाउँछ।

अध्ययन अनुसार जो धेरै तेल (फ्‍याट) भएको  खानेकुरा जति बढी खान्छ उसको स्पर्मको संख्यामा ४३ प्रतिशत कम हुन्छ र शुक्राणुको सघनतामा पनि कमी आउँछ। जो ओमेगा ३ फ्‍याटी एसिड पर्याप्त मात्रामा सेवन गर्छ उसको स्पर्मको गुणस्तर धेरै राम्रो हुन्छ।

यस्तै सन् १९२२ मा बेलायतको मेडिकल जर्नलमा प्रकाशित अध्‍ययनले भनेको छ, ‘स्पर्मको संख्यामा गिरावट रोकिएन भने मानव एक दुर्लभ प्रजातिको सूचीमा पर्नेछ। उत्तरी अमेरीका, युरोप, अस्ट्रेलीया र न्युजील्यान्डका पुरुषमा पछिल्लो ४० बर्ष भन्दा कम समयमा स्पर्मको संख्या आधा भएको छ।’

यस्तै अमेरिकामा सन् २० वर्षभन्दा बढी समय लगाएर गरिएको अध्‍ययन अनुसार भौगोलिक रुपमा पनि पुरुषको वीर्यमा रहने शुक्राणुमा भारी गिरावट पाइएको छ। उक्त अध्‍ययनमा भनिएको छ, ‘ पुरुषहरुको वीर्यमा हुने शुक्राणुमा कमी आउनु उसको रहनसहनले प्रभाव पार्छ। बढी तेलीय खानपिनमा सहभागी हुनु र जथाभावी जाड/रक्सी सेवन गर्नुले पनि शुक्राणुमा असर गर्छ। यसले मानवीय जीवन समेत दुर्लभमा पार्न सक्छ।’

जब एक पुरुषको वीर्यमा ५ करोडदेखि १५ करोड सम्म शुक्राणुको संख्या हुन्छ तब महिलाको फ्लोपअन ट्युबमा तुरुन्तै तैरिन लाग्छ। तर यो यति सजिलो हुदैन। कहिले काहीँ एक मात्र स्पर्म महिलाको अण्डाणुको लागि पर्याप्त हुन्छ। त्‍यसकारण पुरुषमा स्पर्मको संख्या सन्तुलित राख्‍न वैज्ञानिकहरुले यस्तो सुझाव दिएका छन्।

स्पर्म बढाउन यसो गरौँ

धेरै टाइट भित्री वस्त्र लगाउनु हुँदैन र तातो पानीले नुहाउन कम गर्नुपर्छ।

स्पर्म उत्पादको लागि तापमान कम हुनु राम्रो हुन्छ।

तातो पानीले नुहाउँदा अण्डकोषको तापक्रममा असर पर्छ र स्पर्मको संख्यामा सिधा असर गर्छ ।

यौन संकमणबाट बच्‍नुपर्छ।

जाँड/रक्सी खान बन्दगर्नु पर्छ। रक्सीको सेवनले तपाईको टेस्टास्टरोन हार्मोनको अवस्थामा कमी आउछ।

यो हार्मोनको सिधा सम्बन्ध यौन क्षमतासँग हुन्छ ।

आफूलाइ सधै फिट राख्नुस्।

ब्यायाम गर्नुस तर धेरै नगर्नुस्।

दिनमा कम्तिमा ७ वा ८ घण्टा सुत्ने गर्नुस्। एक अध्ययन अनुसार जो दिनमा ६ घण्टा भन्दा कम सुत्छ उसको प्रजनन क्षमतामा ३१ प्रतिशत सम्भावना कम देखिएको छ।

फाल्गुन १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्