जापानमा काठबाट विश्‍वकै अग्‍लो भवन बनाउने तयारी

जापानमा काठबाट विश्‍वकै अग्‍लो भवन बनाउने तयारी

जापानको एक कम्पनी सन् २०४१ मा आफ्नो ३५० औ वर्षगाठ पूरा गरेको अवसरमा संसारके सबेभन्दा अग्लो काठको भवन बनाउने तयारी गरिरहेको छ। सुमितोमो फरेस्ट्रीले भनेको छ, ‘ ७० तल्ला ‘डब्लू ३५०’ टावरको १० प्रतिशत हिस्सा स्टीलबाट बनाइनेछ भने बाँकी भवनमा १ लाख ८० हजार मीटर स्थानीय काठ प्रयोग हुनेछ।

कम्पनीका अनुसार उक्त गगनचुम्बी भवनमा ८ हजार घर हुनेछन् भने प्रत्येक तलाको बालकोनीमा रुख लगाइएको हुनेछ। उसले भनेको छ, ‘टोक्‍योमा आउने भूकम्पबाट बचाउनको लागि भवनमा काठ तथा स्टीलको स्तम्भ प्रयोग हुनेछ जसलाई ब्रेस्ड ट्यूब स्ट्रक्चर’ भनिन्छ।

यसको लागत कति ?
यो प्रोजेक्टमा ६ सय मिलियन येन करिब ३६ हजार करोड रुपैयाँको लागत लागेको बताइएको छ। यही आकारको परम्परागत गगनचुम्बी भवनको खर्च करीब अरुभन्दा दोब्बर गुणा छ।

सुमितोमोले भनेको छ, ‘सन् २०४१ सम्म यो भवन भनिसकेपछि यसको मुनाफा धेरै माथि पुगिसकेको हुनेछ।’

नयाँ सोच कस्तो छ ?

जब जापानमा सन् २०१० मा एउटा कानुन पास गरियो जसको माध्यमबाट भवन निर्माण कम्पनिको लागि तीन तल्ला माथि बनाउने भवनको लागि काठ अनिवार्य प्रयोग गर्नुपर्ने सर्त राखियो।

पुरै विश्‍वमा पनि यस्तो उपयुक्त भएकाले धेरै ठाउँमा अग्लो भवन बनाउन काठ नै प्रयोग गरिएको छ।

यस्तै मिनियापोलिसमा काठबाठ १८ तल्लाको भवन बनाइएको छ जहाा धेरै कार्यालयहरु छन्। यही तरिकाले बैंकुम्बरमा पनि ५३ मीटर अग्लो विद्यार्थीको फ्ल्याट बनाइएको छ। यो पनि सबै काठबाटै निर्माण गरिएको छ।

वावातरणको लागि कति उचित ?
पहिलो त कंक्रिट तथा स्टीलको भवनमा कार्बन फुटप्रिन्ट रहन्छ। तर काठले बनाइएको भवनमा करिब ८ प्रतिशत कार्बन उत्सर्जन हुन्छ।

दोस्रो काठमा कार्बन समाहित रहेको हुन्छ। यसले कार्बनलाई वातवारणमा नै छोड्दैन।

जापानमा धेरै जंगल रहेको हुँदा यहाँका करीब दुई तिहाई हिस्सामा कार्बन फैलिएको छ।

तर चुनौती भने अवश्‍य हुन्छ।

सबैभन्दा ठूलो कुरा के छ भने काठको भवनलाई आगोबाट बचाउनु पर्ने हुन्छ।

आजभोलि क्रस लेमिनेटेड टिम्बरको प्रयोग धेरै भइसकेकाले यो काठ स्टील जस्तै अगो प्रतिरोधी त हुन्छ नै। साथै तापमानमा पनि स्थिर रहन्छ।

काठको अग्लो भवन बनाउनु ज्‍याँदै महंगो काम हो। यसैले आफ्नो छिमेकमा पनि यस्तो भवन बनाउन भने प्रेरणा त मिल्छ तर निक्कै चुनौतीपूर्ण हुनेछ।

फाल्गुन १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्