स्वास्थ्य

मेरुदण्डको समस्या किन हुन्छ र बच्ने उपाय के ?

काठमाडौं – मेरुदण्डको माध्यमबाट केन्द्रीय स्नायु प्रणालीको रक्तधार र चेतनाचक्र प्रवाहित हुन्छ । यसलाई सु–सुम्नामण्डल पनि भनिन्छ । यसको वरिपरी तरंगित ३१ जोडा नाडीलाई वाथ नाडी भनिन्छ ।

मेरुदण्ड सम्बन्धी समस्या धेरै मानिसमा देखिन थालेको छ । मेरुदण्ड सम्बन्धी समस्याले विभिन्न पेशाका व्यक्तिलाई प्रभावित पारेको स्पाइन सर्जन डाक्टर गौरवराज ढकाल बताउँछन् ।

ढकालका अनुसार स्पाइनलकड इन्जुरी भन्नु मेरुदण्डले काम नगर्नु या मेरुदण्ड भाचिँनु अथवा मेरुदण्डमा चोट पुग्नु कुरा एउटै हो ।

डा. गौरव ढकाल

यो अत्यन्तै गम्भीर प्रकृतिको शारीरिक तथा मानसिक आघात हो । जसले दैनिक जीवनमा हुने क्रियाकलापमा प्रत्यक्ष रुपमा नकारात्मक असर पारिरहेको हुन्छ ।

कुर्चीमा बसेर लेखापढीको काम गर्न, सिलाई बुनाईको काम गर्ने, निहुरिएर काम गर्ने र शारीरिक क्षमताले भ्याउनेभन्दा बढी श्रम गर्नेमा यो रोग देखिन्छ ।

यसैगरी धेरै मोटो र धेरै पातलो व्यक्ति या कुपोषणका शिकार भएका व्यक्तिमा पनि यो समस्या देखिन सक्ने डाक्टर ढकालले बताए ।

यस्तै सुत्ने बिस्तारा वा पोजिसन नमिल्दा पनि समस्या देखिन सक्छ । फर्मको बिस्तारामा सुत्नेमा यो समस्या बढी हुने गरेको देखिएको छ ।

कतिपय मेरुदण्डको समस्या रुखबाट लडेर वा दुर्घटनामा परेर पनि देखिने गरेको डाक्टरले बताएका छन् ।

रोकथामका उपाय

हण्ड्डी, मासंपेशी र लिगामेन्टमा कुनै समस्या देखिएमा विशेषज्ञलाई देखाउने । मासु च्यातिएको छ भने तुरुन्तै सम्बन्धित विशेषज्ञकोमा गएर उपचार गर्ने ।

कुनै दुर्घमटना या चोटपटक लागेको र ढाड, कम्मर, गर्धन, काधँ, पिठ्युँमा चोट पुगेको छ भने यसको पहिलो २४ घण्टा एकदमै क्रिटिकल हुन्छ । त्यो बेलामा दिनको तीनपटक पन्ध्र–पन्ध्र मिनेटसम्म बरफले सेक्नु पर्छ ।

नियमित रुपमा शरीर बलियो बनाउने खालको व्यायाम गर्ने ।

बिहानको घाम ताप्ने यसबाट भिटामिन डी पाइने हुँदा हड्डी बलियो बन्नुका साथै शरीरलाई स्वस्थ्य राख्नमा पनि विशेष भूमिका हुन्छ ।
क्याल्सियम बढी भएको खाना खाने ।

मेरुदण्डमा ठूलै समस्या छ भने लापरवाही नगरी विशेषज्ञलाई देखाउनु पर्छ । कुनै कुनै मेरुदण्डको समस्या समयमै उपचार भएन भने प्यारालाइसिस हुन सक्ने खतरा हुदाँ समस्या हुने बित्तिकै डाक्टरसँग परामर्श लिनु जरुरी हुन्छ ।

फाल्गुन १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्