चलचित्र ‘शत्रु गते’ चैत ९ गतेबाट प्रदर्शन हुदै

चलचित्र ‘शत्रु गते’ चैत ९ गतेबाट प्रदर्शन हुदै

प्रदीप भट्टराईको दोस्रो निर्देशन रहेको सिनेमा ‘शत्रु गते’को टिमले यतिबेला सिनेमाको प्रचारप्रसारको तयारी गरिरहेको छ। केही दिनअघि मात्र सिनेमाका चारवटा पोस्टर सार्वजनिक गरेको ‘शत्रु गते’ले प्रचारप्रसारमा सहयोग पुग्ने हिसाबले सिनेमा हलमा पनि पोस्टर टाँसिसकेको छ। यसकासाथै केही दिनदेखि सिनेमाको टिजरसमेत हलमा देख्न सकिन्छ भने कलाकारहरु विभिन्न कार्यक्रमहरुमा समेत सहभागी भएर सिनेमाको प्रचारप्रसार सुरु गरेका छन्। मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, पल शाह, आँचल शर्मा, प्रियंका कार्कीलगायतका कलाकारको मुख्य भूमिका रहेको यो सिनेमाले शत्रुहरुलाई पराजय गर्ने एक दिनलाई मुख्य विषय बनाएको छ ।

 

भिडियाेः बर्षा शाह