त्रिशूलीमा ट्रक खस्दा तीन घाइते
मलेखु- एउटा ट्रक त्रिशूली नदी किनारमा खस्दा आज तीन जना घाइते भएका छन्।
हेटौँडाबाट सिमेन्ट लिएर काठमाडौँतर्फ आउँदै गरेको लु १ ख १५९ नंको ट्रक गजुरी – २ छहराबाट त्रिशूली किनारमा खसेर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए।
घाइतेमध्ये एक जनालाई गजुरी अस्पताल र दुई जनालाई थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ। दुर्घटनाग्रस्त गाडीको सिमेन्ट बगरमा छरिएको छ।