चिकित्सकले छुट्याए सबैभन्दा ‘ठूलो ब्रेन ट्‍युमर’

मुम्बइ-भारतमा डाक्टरले एउटा व्‍यक्तिको शरीरबाट करीब १.८ किलोको ब्रेन ट्‍युमर निकालेका छन्। योसँगै चिकित्सकले यो ब्रेन ट्‍युमरलाई विश्‍वकै सबैभन्दा ठूलो भएको दाबी गरेका छन्।

मुम्बइमा नायर होटेल हस्पिटलमा १४ फेब्रुअरीमा करीब सात घण्टासम्‍म गरिएको अप्रेशनबाट उक्त ब्रेन ट्‍युमर निकालिएको बीबीसीले उल्लेख गरेको छ। तर डाक्टरले अहिलेसम्म अप्रेशनको बारेमा कुनै पनि जानकारी सार्वजनिक भने गरेका छैनन् किनकी उनको यो सफलतालाई लिएर अझै निश्‍चित नभएको बताइएको छ।

हस्पिटलका न्‍युरो सर्जरी विभाग प्रमुख डा. त्रिमूर्ति नाडकर्णीले भनेका छन्, ‘बिरामी खतरादेखि बाहिर छ। तर उनको स्वास्थ्यमा सुधारको आशा भने गरिएको छ।’ उत्तर प्रदेश बस्दै आएका सन्तलाल पाल किराना पसल चलाउँछन्। उनी विगत ३ वर्षदेखि ब्रेन ट्‍युमरको रोग लिएर बाँचिरहेका थिए।

डाक्टरले भनेका छन् की सन्तलाल पालले यो ट्‍युमरका कारण आफ्नो आँखाको ज्‍योति समेत गुमाइ सकेका थिए।तर अब भने उनको आँखाको ज्‍योतिमा सुधार आउने आधार गरिएको छ।

उनकी पत्‍नीले हिन्दू अखबारलाई बताए अनुसार उत्तर प्रदेशका तीन अस्पतालले उनलाई यो ट्‍युमरको उपचार हुन नसक्‍ने भन्दै फर्काइदिएका थिए। डाक्टर नाडकर्णीका अनुसार उक्त ट्‍युमर निक्‍कै जटिल प्रकारको रहेकाले अप्रेशनमा करिब ११ युनिट्स रगतको आवश्‍यकता परेको थियो।तर पनि उनलाई सुरक्षित साथ भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

फाल्गुन १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्