तीन दर्जन स्रस्टासहित शास्वतधाममा काव्य समारोह!

काठमाडौँ- चौधरी ग्रुपले नवलपरासीको शास्वतधाममा देशभरिका तीन दर्जनभन्दा बढी स्रस्टाको उपस्थितिमा काव्य समारोह आयोजना गर्ने भएको छ।

शनिबारदेखि सुरु हुने दुई दिवसीय काव्य समारोहमा कवि,  साहित्यकार, लेखक र विभिन्न विधाका स्रस्टाहरु सहभागी हुनेछन्।

चौधरी ग्रुपका महाप्रवन्धक मधुसूदन पौडेलका अनुसार स्रस्टाहरुले शास्वतधाममै सिर्जना गरेका सिर्जनाहरु शास्वतधाममै सुनाउनेछन्। स्रष्टाहरुका लागि शास्वतधाममा सिर्जना गर्न विशेष व्यवस्था गरिएको पौडेलले जानकारी दिए।

काव्य समारोहमा तुलसी दिवस, विष्णुविभु घिमिरे, अशेष मल्ल र विश्वविमोहन श्रेष्ठ सहभागी हुनेछन्।

त्यस्तै, मोमिला, गीता कार्की, सन्ध्या पहाडी, बाबा बस्नेत, राधेश्याम लेकाली, विप्लव प्रतीकलगायत साहित्यकारहरुले पनि शास्वतधाम पुगेर साहित्य सिर्जना गर्नेछन्।

युवा साहित्यकारहरु मणि लोहनी, ठाकुर बेलबासे, फूलमान बल, विमला तुम्खेवा, छविरमण सिलवाल, बाबु त्रिपाठी र नवराज पराजुली पनि काव्य समारोहका लागि शास्वतधाम पुग्नेछन्।

त्यस्तै, साबित्री कक्षपति, ज्योति घिमिरे, रश्मी शर्मा, गीता मैनाली, असिम सागर, प्रोल्लास सिन्धुलीय, हेम प्रभास र सुदेश सत्याल पनि काव्य समारोहमा सहभागी हुने चौधरी ग्रुपले जानकारी दिएको छ।

निमेश निखिल, अमृता नेपाल, भूपिन, तीर्थ श्रेष्ठ, दीपक समिप, लीला अनमोल, विमल वैद्य, रमण घिमिरेलगायत स्रष्टाहरु पनि  उक्त विशेष काव्य समारोहमा सहभागी हुनेछन्।

नवलपरासीको सिजी ग्रामनजिकै बनेको शास्वतधाम एकान्त वातावरण, शिवलिंग, फाउन्टेन र रात्रिकालीन लाइटका कारण मनमोहक बनेको छ। अहिले दैनिक हजारौँ आगन्तुक त्यहाँ पुग्ने गरेका छन्। त्यहाँ बुद्धिस्ट सेन्टरसमेत आउँदो वैशाख पूर्णिमामा उद्घाटन हुने पौडेलले जानकारी दिए।

फाल्गुन १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्