राष्ट्रपतिको कदम असंवैधानिक भन्दै देशभर ज्ञापनत्रपत्र

तरुण दलका कार्यकर्ता।

काठमाडौँ- प्रधानमन्त्री छँदा शेरबहादुर देउवाले सिफारिस गरेको तीन जना राष्ट्रिय सभा सदस्यहरुको नाम त्यत्तिकै थन्क्याएकी राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै पुराना नाम फिर्ता लिएर पठाएका नयाँ नाम तत्काल अनुमोदन गरेर पूर्वाग्रह देखाएको भन्दै नेपाली कांग्रेस निकट तरुण दलले उनको विरोधमा देशभरिका सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

राष्ट्रपतिको यो कदम गैरसंवैधानिक भएको भन्दै तरुण दलले बुधबार राष्ट्रपति कार्यालयअघि यसको विरोध गरेेको थियो। कांग्रेसले राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै कडा आपत्ति व्यक्त गरिसकेको छ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले राष्ट्रपतिको कदमबिरुद्ध देशभरिका सिडियो कार्यालयमार्फत स्थानीय तरुण दलका कार्यकर्ताहरुलाई राष्ट्रपतिका लागि ज्ञापनपत्र बुझाएको जानकारी दिए।

फाल्गुन १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्