किन हटाइए आहुति, लोकेन्द्र र किराँती माओवादीबाट?

काठमाडौँ- माओवादी केन्द्रले आफ्ना तीन नेताहरु गोपाल किराती, विश्वभक्त दुलाल ‘आहुति’ र लोकेन्द्र बिष्टमगरलाई पार्टीबाट निष्कासन गरेको छ।

अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बसेको माओवादी हेडक्वार्टरले बिहीबार यी तीन नेतालाई हटाउने निर्णय गरेको हो। माओवादी र एमालेबीच एकता हुने सहमति भएलगत्तै एकताको विरोध गर्दै माओवादी केन्द्रको पुनर्गठनको घोषणा गरेका कारण यी तीनलाई हटाइएको हो।

माओवादी बैठकले तीन नेता पार्टीमा नरहेको सार्वजनिक घोषणा गर्ने निर्णय गरेको छ।

उनीहरुमाथि कुनै आग्रह नराख्ने तर पार्टी एकता प्रक्रियामा सहभागी नभएकाले पार्टीमा नरहेको विज्ञप्ति जारी गर्ने निर्णय भएको एक माओवादी नेताले जानकारी दिए।

बिष्टले केही पहिले नै माओवादी छाडेको बताएका थिए भने आहुतिले पछिल्लो समय माओवादी आफ्नो पार्टी नभएको र प्रचण्ड आफ्नो नेता नभएको बताउँदै आएका थिए। किराती भने अद्यापि माओवादीमै थिए।

फाल्गुन १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्