विश्वमा इन्टरनेट क्षमता बढाउन दुईवटा स्याटलाइट अन्तरिक्ष यात्रामा

स्पेस एक्सले ब्रोडब्याण्ड इन्टरनेट कभरेजको लागि प्रोटो टाइपको दुई वटा स्याटलाइट अन्तरिक्षमा पठाएको छ। बुधबार पृथ्वीमा परीक्षणका लागि भन्‍दै एन्टेना टेक्नोलोजी नामक कम्पनीले करीब हजारभन्दा बढी यन्त्रहरु बराबरको काम गर्न सक्‍ने क्षमताको स्पेसक्राफ्ट पठाएको नासाले जनाएको छ।

अन्तरिक्षमा पठाइएको उक्त स्पेसक्राफ्टले पृथ्वीमा इन्टरनेटको ब्रोडब्‍याण्ड कभरेजको लागि मद्दत गर्ने कम्पनीले दाबी गरेको छ। कम्पनीका संस्थापक इलोन मस्कले भनेका छन्, ‘यो सबै तयारी सन् २०१५ देखिकै थियो। तर यसले आज सफलता दिलाएको छ। हाम्रो लक्ष्‍य केही हदसम्म पूरा भएको छ। बाँकी अब अन्तरिक्षमा पुगेपछि पूरा अपेक्षा गरेका छौँ।’

तर स्पेस एक्सले भने यसलाई निक्‍कै सानो उपलब्धी मानेको छ। उसले भनेको छ, ‘ब्रोडब्याण्ड नेटवर्क, डब्ड स्टरालिंक र अन्‍य ट्रिकल्सहरु नियमितका लागि बन्द भइसकेको छ। जबसम्‍म यी सबै काम पूरा हुँदैन, तबसम्म अन्तरिक्षमा ब्रोडब्‍याण्ड पुगेको मानिने छैन।’

उसले दुई वटा स्याटलाइट माइक्रोस्याट टू’ए’ र माइक्रोस्याट टू ‘बी’ स्पेशकै इन्जिनियरहरुले नै बनाएको बताएको छ। बुधबार क्‍यालिफोर्नियाबाट ६: १७ बजे फाल्कोन ९ नामक रकेटमा राखेर उक्त स्याटालाइटलाई प्रक्षेप गरिएको थियो।

उक्त रकेटलाई पनि स्पेस एक्सले नै बनाउनुका साथै सञ्‍चालन गरेकाले यसलाई स्पेनिस राडरको सहायताले पाज नामक स्याटालाइटबाट पृथ्वीको कक्षबाट करीब ५११ किलोमिटर माथि उठाइएको थियो। यसअघि पनि स्पेस एक्सले गत शनिबार फाल्कन ९ रकेटकै सहायताले अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको थियो।

यता, स्पेस एक्सका उपप्रमुखले उक्त स्याटलाइटले सरकारी निकायका महत्वपूर्ण सूचना एक क्षेत्रबाट अर्को क्षेत्रमा पुर्‍याउन पुलको काम गर्ने दाबी गरेका छन्। उनले भनेका छन्, ‘सञ्‍चारको क्षेत्रमा महत्वपूर्ण सूचनाहरु सरकारी निकायलाई लिन सजिलो हुनेछ भने यसको माध्‍यमबाट धेरै कामहरु गर्न सहजता मिल्‍नेछ।’

उसले एउटा स्याटलाइटको तौल करिब ८८० पाउण्ड ( करिब ४ किलोग्राम) रहेकोले यसलाई फाल्कोन ९ रकेटको सहायताले पाज मार्फत पठाउनु परेको बताए। उनका अनुसार रकेटले उक्त स्‍याटलाइटलाई ३१७ माइल अग्लो कक्षमा पाजको मद्दतबाट फ्‍याँक्नेछ जसले स्पेनिश सेनालाई विश्‍वभरका सूचना एकत्रित गर्न सजिलो हुनेछ। उक्त स्याटलाइट बनाउन करीब २ सय मिलियन डलर खर्च भएको उनले बताए।

यसका साथै अन्तरिक्षमा पठाइएका ती दुई स्याटलाइटले करीब ७ सय माइल अर्थात १ हजार १ सय २५ किलोमिटरको दूरीमा इन्टरनेट फ्याँक्‍नेछ भने सजिलै नियन्त्रण पनि गर्ने बताइएको छ।

करिब २० महिना लगाएर तयार गरिएको यी स्याटलाइटले कम्‍प्‍युटर, पावर, कमाण्ड र कन्ट्रोल, जीपीएस लगायतमा काम गर्न सहयोग गर्नेछ। साथै इन्टरनेट ब्रोडब्‍याडलाई अप्टिकलको रुपमा सञ्‍चार गर्नेछ।

जब यसले सजिलै काम गरेको अनुभूति भएमा यसलाई कम्पनीले सार्वजनिक सवारीको स्टेशनमा, ट्रेनको सब स्टेशनमा, ठूलो कम्पनीको सिस्टममा उपलब्ध गराइनेछ। यी सबै प्रयोग पहिलो चरणमा अमेरिकाको क्‍यालिफोर्निया, टेक्सास र वासिङ्टनमा स्टेशन राखेर गरिने कम्पनीले जनाएको छ।

फाल्गुन ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्