को बन्छ गृहमन्त्री: बादल, बर्षमान कि जनार्दन?

फाइल तस्बिर- राम बहाहदुर थापा 'बादल', वर्षमान पुन 'अनन्त' र जनार्दन शर्मा 'प्रभाकर'

काठमाडौँ- सरकार विस्तारका लागि एमाले र माओवादी एकपछि अर्को बैठकमा व्यस्त रहँदा गृहमन्त्री को बन्ने भन्ने विषय टुंग्याउन पनि माओवादीका प्रमुख पुष्पकमल दाहाललाई गाह्रो परिरहेको छ।

रामबहादुर थापा बादल, बर्षमान पुन र जनार्दन शर्मामध्ये एकजना गृहमन्त्री बन्ने माओवादी स्रोतले उल्लेख गरे पनि कसलाई बनाउने भन्ने टुंगो लगाउन कठिन भएको छ।

प्रधानमन्त्री ओलीसमेतको साथ पाउन वर्षमान पुन र जनार्दन शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिने बहानामा बालुवाटार पुगेका छन्, शुक्रबार बिहान।

बादल, बर्षमान र जनार्दन मध्ये पनि आफू अनुकूल गृहमन्त्री छान्ने ओलीको तयारी छ भने यी तीनैलाई व्यवस्थापन गर्ने चुनौती माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छ।

पूर्वसभामुख  ओनसरी घर्ती पति बर्षमान पुनलाई गृहमन्त्री र आफूलाई सभामुख बनाउनुपर्ने लबिङमा छिन्। बर्षमानले गृहमन्त्री नपाए आफूलाई नै मन्त्री बनाउन उनले ओली र दाहाललाई दबाब दिइरहेकी छन्। ओनसरी र वर्षमान दुवै प्रधानमन्त्रीलाई शुभकामना दिने निहुँमा बालुवाटार पुगेका छन्।

 

फाल्गुन ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्