चौथो बंगलादेशी एक्स्पो सुरु, एक्स्पोपछि बंगलादेशसँगको व्यापार घाटा बढ्दो

काठमाडौं-बंगलादेशले नेपालमा एक्स्पो गर्न सुरु गरेपछि नेपालसँगको व्यापार उच्च दरले वृद्धि गरेको छ। चार वर्ष अघिसम्म नेपालबाट आयात धेरै गर्ने बंगलादेशले हाल उच्च दरले निर्यात वृद्धि गरिरहेको छ।

नेपालले बंगलादेशको अनुपातमा निर्यात बढाउन नसक्दा ४ वर्ष अघि नाफामा रहेको बंगलादेशसँगको व्यापार हाल घाटामा रहेको थियो।

भृकुटीमण्डपमा चालिरहेको ‘चौथों बंगलादेश एक्स्पो’ मा बाणिज्य मन्त्रालयका सचिव डा. चन्द्र प्रकाश घिमिरेले भने, ‘चार वर्ष अघि बंगलादेश सँग १० मिलियन डलरको व्यापार हुने गरेको हाल ४७.५ मिलियन डलरको व्यापार भई रहेको छ।

उनले बंगलादेशी उद्यमीलाई उत्पादन निर्यात मात्र नगरी नेपालमै उद्योग स्थापना गर्न आग्रह गरे।

पाँच दिनसम्म चल्ने एक्स्पोको बंगलादेशका प्रधानमन्त्रीका प्रेस सल्लाहकार इकबाल सोभन चौधरीले उद्घाटन गरेका हुन्।

उनले बंगलादेशका उद्यमी नेपालमा लगानी गर्न तयार रहेको भन्दै त्यसकालागी लगानीको बातावरण बनाउन आग्रह गरे।

बंगलादेशी कम्पनीले उत्पादन गरेका सामाग्रीहरुको प्रदर्शनी हुने एक्स्पो फागुन १५ गते सम्म चल्ने आयोजक बंगलादेश राजदुतावासले जनाएको छ।

नेपालका लागि बंगलादेशकि राजदुत मास्फी बिन्ते साम्सले बंगलादेश नेपाली उत्पादनका लागि ठूलो बजार भएकाले नेपाली उद्यमीलाई बंगलादेशमा ठूलो अवसर रहेको बताईन्। उनले नेपाल र बंगलादेशबीच लामो समय देखिको एतिहासिक सम्बन्ध रहेको भन्दै उक्त सम्वन्ध दुवै देशको उन्नतिको लागि उपयोग गर्नु पर्ने बताईन्।

बंगलादेशका इलेक्ट्रोनिक कम्पनी वालटन, २ पांग्रे सवारी बनाउने कम्पनी रनर देखि विभिन्‍न बंगलादेशी गार्मेन्ट कम्पनीले एक्स्पोमा प्रदर्शनी गरेका छन्।

कम्पनीले एक्स्पोलाई व्यवसाय गर्ने भन्दा पनि कम्पनीको ब्राण्डीङ गर्ने अवसरका रुपमा लिएका छन्। 

फाल्गुन ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्