केन्द्रीय संसदका लागि झण्डै तीन हजार प्रतिनिधि चयन

बेईजिङ- चीनीयाँ केन्द्रीय संसदको १३औं राष्ट्रिय जनकङ्ग्रेसका लागि दुई हजार ९८० जना प्रतिनिधि चयन भएका छन् ।

देशभरी रहेका ३५ ओटा निर्वाचन इकाइ मार्फत् उनीहरु निर्वाचित भएको समाचारमा जनाइएको छ ।

निर्वाचित सदस्यहरूको विवरण राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिमा पेश गर्नुपर्ने प्रावधान अनुसार निर्वाचित सदस्यहरूको नामलाई अन्तिम रूप दिन नियमानुसार शुक्रबार नै ती नाम चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समितिमा पेश हुने कार्यक्रम छ ।

निर्वाचित भएकाहरूको नामावली शनिबार प्रकाशित गर्ने कार्यतालिका रहेको चिनियाँ अधिकारीले जनाएका छन् ।

निर्वाचन आयोगले निर्वाचित प्रतिनिधिहरूको वैधानिकता र योग्यता पुरै चेकजाँच गर्दा कुनै कमजोरी नदेखिएको बताइएको छ । सो बैठक स्थायी समितिका अध्यक्ष झेङ डेजिआङले गरेका थिए।

बैठकमा स्थायी समिति सदस्यहरुले १२औं राष्ट्रिय जनकङ्ग्र्रेसका कामहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साथै उनीहरुले १३औं जनकङ्ग्र्रेसको पहिलो अधिवेशनका एजेण्डाका बारेमा पनि छलफल गरेका छन् ।

फाल्गुन ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू