स्मार्टफोन प्रयोग गर्नेलाई क्‍यान्सर हुन सक्छ! बच्‍ने कसरी?

काठमाडौं- के तपाईँले लामो समयसम्‍म मोबाइल बोक्‍ने बानी गर्नुभएको छ? यदि छ भने सावधान! तपाईलाई मोबाइलबाट आएको रेडिएसनले धेरै नोक्‍सान पुर्‍याउन सक्छ। वैज्ञानिकहरुले अनुसन्धान गर्दा मानिसमा ट्युमरको समस्या हुन सक्‍ने दाबी गरेको बीबीसीले उल्लेख गरेको छ।

वैज्ञानिकहरुले भनेका छन्, ‘मोबाइलबाट निक्लिने रेडियो फ्रिक्‍वेन्सी वेब नन अर्गनाइजेसन रेडिएसन हो। उक्त रेडिएसन एक्सरे तथा अल्ट्राभायलेट रेडिएसनको तुलनामा केही मात्रै कमजोर हुने हुँदा यसले मानिसको डीएनए र दिमागमा असर गर्न सक्छ। फलस्वरुप मानिसमा ट्युमरको समस्या देखा पर्न सक्‍ने सम्भावना बढी हुन्छ।’

यस्तै अमेरिकन क्‍यान्सर सोसाइटीले यसबारेमा थप अनुसन्धान गरिरहेको छ। सोसाइटीले गरेको अनुसन्धानले मोबाइलबाट निक्‍लिने रेडिएसनले डीएनएमा असर गर्न सक्छ। साथै यसले क्‍यान्सर समेत हुन सक्‍ने खतरा रहेको वैज्ञानिकहरुले बताएका छन्। उसले भनेको छ, ‘मोबाइलबाट आउने रेडिएसनले पहिला दिमागमा असर गर्छ, त्‍यसपछि शीर र घाँटीमा ट्युमर हुन सक्छ।’

कुन फोनबाट बढी रेडिएसन निक्लिन्छ?

वैज्ञानिकहरुले मोबाइलफोनबाट निक्लिने रेडिएसन जाँच्‍न विशेष प्रकारको मापन यन्त्र बनाएका छन्। यसलाई एसएआर भनिन्छ। यसबाट थाहा हुन्छ कि कस्तो प्रकारको रेडिएसनले मानिसलाई हानि पुर्‍याउन सक्छ।

एसएआर यस्तो प्रकारको मापन हो यसले जब मोबाइलको सबैभन्दा धेरै पावर प्रयोग हुन्छ। तर मोबाइल बनाउन कम्‍पनीले भने आफ्नो उत्पादनले कुन तहको रेडिएसन दिन्छ भनेर कुनै पनि राष्ट्रको नियामक निकायलाई जानकारी दिने गरेको छ। तर मानिसले त्‍यसलाई कहिल्‍यै पनि हेर्ने चासो देखाउँदैनन्।

जर्मन फेडरल अफिस फर डेटा प्रोटेक्शनले एउटा लिस्ट नै बनाएका छन् जसमा धेरै नयाँ तथा पुराना स्मार्टफोनले रेडिएसनको मात्रा जानकारी दिने गर्दछन्।

रिपोर्ट अनुसार सबैभन्दा बढी रेडिएसन निकाल्‍ने स्मार्टफोनहरुमा वान प्लस, हुवावे तथा नोकिया लुमिया रहेका छन्।यस्तै आइफोन ७ दशौ सिरिजको, आइफोन ७ पनि दशौँ सिरिजको, आइफोन ८ बाह्रौँ सिरिजको तथा आइफोन ७ प्लस पन्ध्रौँ सिरिजमा बढी रेडिएसन रहेको बताइएको छ।

यस्तै सोनी एक्सपीपिया एक्स जेड कम्प्‍याक्ट ११, जेट टी इ एक्सन ७ मिनी १३, ब्ल्याकबेरी डिटीइके ६०१४ समेत बढी रेडिएशन निकाल्‍ने स्मार्टफोनमा पर्दछ।

मोबाइल रेडिएशनलाई लिएर यस्तो कुनै पनि नयाँ गाइडलाइन आएको छैन जसले कति रेडिएसनलाई सुरक्षित मानिन्छ वा कतिलाई हानि? जर्मनीको एक एजेन्सीले मात्र त्‍यही फोनलाई मान्‍यता दिँदै आएका छन् जसको एबसार्पनशन लेभल ०.६० देखि कम छ। यो लिस्टमा जति पनि स्मार्टफोन छ, सबै त्‍यो लेभलभन्दा माथि वा दुईगुणा बढी नै देखाउँछ।

तर सबैभन्दा कम रेडिएसन निकाल्‍ने स्मार्टफोनको लिस्टमा भने सोनी एक्पिरिया एम ५ छ जसको लेभल मात्र ०.१४ छ। यसपछि सामसङ ग्‍यालेक्सी नोट ८ रहेको छ जसको लेभल ०.१७ छ।

यस्तै एस सिक्स एज प्लसको ०.२२, गुगल प्लस एक्सेलको ०.२५ तथा सामसङ ग्यालेक्सी एस ८को ०.२६ र एस ७ एस ०.२६ लेभल रहेको बताइएको छ।

यस्तै मोटोरोलाको केही स्मार्टफोनमा पनि रेडिएशनको मात्रा पाइएको छ। यदि तपाईले आफ्नो स्मार्टफोनको रेडिएशन जाँच्‍न चाहनुहुन्छ भने आफ्नो स्मार्टफोनको म्‍यानुअल चेक गरेर फेडरल कम्‍युनिकेशन अफ युनाइटेड स्टेट्सको वेबसाइटमा समेत हेर्न सक्नु हुनेछ।

रेडियो फ्रिक्‍वेन्सीबाट कसरी बच्‍ने?

रेडियो फ्रिक्‍वेन्सी सबैभन्दा धेरै तपाइको स्मार्टफोनको एन्टेनामा रहेको हुन्छ। त्‍यसकारण आफूसँगै राख्दा बढी असर पुर्‍याउन सक्छ। यसलाई छुट्टै राख्‍दा नै फाइदा हुन्छ। त्यसका लागि यी उपायहरु अपनाउनु नै लाभदायी हुन्छ।

स्मार्टफोनमा कुरा गर्दा जहिले ह्‍यान्स फ्री मोडमा राखेर गर्ने।

फोनभन्दा धेरै म्‍यासेजमा कुरा गर्ने कोसिस गर्ने।

कम एसएआर लेभल भएको स्मार्टफोन किन्‍ने।

सुत्‍ने बेलामा स्मार्टफोन सिरानीमा राखेर नसुत्‍ने।

पकेटमा बोक्दा सकभर मोबाइल अफ गरेर मात्र बोक्‍ने वा छुट्टै ब्‍यागमा मात्र बोक्‍ने।

कानमा लगाएर वा एयरफोन लगाएर धेरै समय कुरा नगर्ने।

फाल्गुन ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्