प्रधानमन्त्रीको जन्मदिनमा नेपाली क्रिकेटरहरुलाई चेक र केक

सम्मान समारोहपछि प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक तस्बिर खिचाउँदै क्रिकेट खेलाडीहरु। तस्बिर: बर्षा शाह

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा आयोजना भएको सम्मान समारोहमा नेपाली क्रिकेट टोलीका हरेक सदस्यलाई तीन लाख रुपैयाँ दरले सम्मान गरेका थिए।

चेक हस्तान्तरण कार्यक्रममा सहभागी हुन बालुवाटार पुगेका क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली राष्ट्रिय टोलीको पहिलो लक्ष्‍य सुपर सिक्स र त्यसपछि वर्ल्डकपमा सहभागी हुने सपना देख्ने बताएका छन्।

प्रधानमन्त्री निवासमा आयोजित सम्मान समारोहमा क्रिकेट खेलाडीहरु खुसी देखिएका थिए। क्रिकेट खेलाडीहरुले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामनासमेत दिएका थिए।

कार्यक्रममा उपस्थित देशसञ्चारकी फोटो पत्रकार वर्षा शाहका केही तस्बिरहरु:

फाल्गुन १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्