अब सहकारी मैत्री ऐन कानुन निर्माण बन्छ- मुख्यमन्त्री राई

मोरङ-प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले स्थानीय तहमा सहकारी मैत्री ऐन कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

सुनसरीको इटहरीमा शनिबार आयोजित सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय तहको भूमिका नामक कार्यक्रममा राईले सहकारी मैत्री ऐन कानुन, नियम बनाउदै लगे त्यसले प्रदेशको विकासमा टेवा पुग्ने बताएका हुन्।

कार्यक्रमको उद्घाटन गर्र्र्दै मुख्यमन्त्री राईले, सहकारी क्षेत्रलाई अझ व्यवस्थित र सुरक्षित बनाउन नियमन गर्दै जानुपर्ने औल्याएका छन्।

तीन खम्बे अर्थनीतिप्रति लक्षित मुख्यमन्त्री राईले भने, ‘सार्वजनिक, नीजि र सहकारीको सफल भूमिकामा देशको आर्थिक क्षेत्र संवृद्ध हुनेछ।’ सहकारी क्षेत्र स्थानीय तहकै मातहतमा रहेको हुनाले यसको स्थानीयतहबाटै सबैले नियमन गर्नुपर्ने र बिकासमा जोडदिनु पर्ने उनको भनाइछ।

कार्यक्रममा उपसभामुख सरस्वती पोखरेलले सहकारी क्षेत्र नागरिकको लागि भएकोले सबैलाई समेटेर अघि बढ्नुपर्ने सुझाव दिइन्। कार्यक्रममा प्रदेश नम्बर एकको १४ जिल्लाबाट स्थानीयतहका प्रमुख, उपप्रमुखहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा सुनसरीबाट प्रदेश एकका सांसद निलम बस्नेत, सर्वध्वज सावा त्यसैगरि, धनकुटाबाट कुसुमकुमारी श्रेष्ठ र सोलुखुम्बुबाट उत्तम बस्नेतको सहभागिता रहेको थियो।

त्यसैगरी, कार्यक्रममा राष्टिय सहकारी महासंघका अध्यक्ष केशव बडाल, राष्टिय किसान आयोगका सदस्य रविन्द्र केसीको उपस्थिति रहेको छ।आइतबार सम्पन्न हुने कार्यक्रममा गरिबी तथा निवारण मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई स्थानीय तहमा सहकारीको क्षेत्र, अधिकारबारे जानकारी गराउनेछन्।

फाल्गुन १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्