भारतमा अनियन्त्रित गाडी विद्यालयमा घुस्दा नौ बालकको ज्यान गयो

विहार- भारत विहारको एक विद्यालयमा अनियन्त्रित गाडी घुस्दा नौ बालकको ज्यान गएको छ।अन्य २४ जना घाइते भएका छन्।

सबै प्राथमीक विद्यालयको बालीकाहरु भएको र उनिहरु छुट्टी भएर घर जादै गरेको भारतीय सञ्‍चारमाध्यामले जनाएका छन्।

विहार मुजफ्फरपुरको मीरपुरमा शनिवार अनियन्त्रीत बोलेरो विद्यार्थीहरुलाई लतार्दै लगेर खाल्डोमा खसेको बताइएको छ।

घटना अहियापुरको झपवा गाउँस्थित एक स्कुलको भएको र घाइते विद्यार्थीलाई उपचारका लागि एसकेएमसीएच अस्पतालमा लगिएको स्थानीय प्रहरीलाई उद्वृत गर्दै आजतकले उल्लेख गरेको छ। यता, गाडीबारे भने केही खुलाइएको छैन।

फाल्गुन १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्