स्टीभ जब्सको सीभीमा पनि त्रुटि !, ५० लाखमा लिलामी हुने

एप्पलका संस्थापक एवं स्टीभ जब्सको करीब चार दशक पहिला जागिरको सिलसिलामा पठाएको सीभी करीब ५० हजार अमेरिकी डलरमा लिलाम हुने भएको छ। मार्च ८ देखि १५ मार्चको बीचमा जब्सको सीभी लिलामी हुने अन्तराष्ट्रिय सञ्‍चारमाध्‍यमले उल्लेख गरेको छ।

लिलामी हुन लागेको जब्सको सीभीमा पनि केही ग्रामेटिकल त्रुटि पाइएको छ। उसले पठाएको उक्त सीभीमा पनि प्रविधि तथा डिजाइनसँग सम्बन्धित काम गर्ने इच्छा व्‍यक्त गरेको पाइन्छ। बोस्टन अक्सन हाउस पीआरका अनुसार एउटा पेजमा लेखिएको उक्त सीभीमा जब्सले स्पेलिङ र पूर्णविराम चिन्ह राख्‍न बिर्सिएको देखिन्छ।

यसका साथै उसले आफ्नो नाम पनि स्टीभन जब्स भनेर लेखेका छन् भने ठेगाना रीड कलेज उल्लेख गरेका थिए।

त्‍यस्तै स्पेशल एबिलिटी सेक्शनभित्र भने उसले ‘टेक वा डिजाइन इन्जिनियर’ लेखेका थिए। तर उक्त डकुमेन्टमा भने उनी कुन पदको लागि दरखास्त गरेका हुन भनेर उल्लेख गरेका थिएनन्।

करीब तीन वर्षपछि जब्स र उनको साथी स्टीभ वोज्निएकले एप्पलको कम्पनीको स्थापना गरे। उनको कम्पनीले विस्तारै बजारमा आफ्नो कब्जा जमाउँदै गयो तर सन् २०११मा ५६ वर्षको उमेरमा उनले क्‍यान्सरको कारण मृत्युवरण गर्नुपर्‍यो।

फाल्गुन १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्