काठमाडौं- पहिलो पटक संघीयता अभ्यास गरिरहेको गरिब देश नेपाललाई संघीय संरचना विस्तारमै आर्थीक व्ययभार बढीरहेको अवस्थमा बेरोजगार युवालाई ५ हजार दिने चर्चाको विरोध हुन लागेको छ।

बेरोजगारी भत्ता संसारकै नौलो विषय भने हैन। विकसित देशहरुले बेरोजगार युवाहरुलाई बेरोजगार भत्ताको व्यवस्था गरेको छ। तर युवालाई भत्ता भन्दा पनि उत्पादनमुलक कार्यमा जोड दिनु पर्ने आवाज उठ्न थालेको छ। भत्ता दिदैमा युवा आत्मनिर्भर नहुने भएकोले यो सरकारको क्षणिक सस्तो लोकप्रियताका लागि गर्ने निर्णय मात्र भएको बताउँछन् राष्ट्रिय युवा बेरोजगार व्यवस्थापन संघका सुरक्षा संयोजक एवं कार्यक्रम संयोजक राजकुमार बस्‍नेत।

नेपाल कृषि प्रधान देश भएकोले युवाहरुलाई सहुलियतमा ऋण उपलब्ध गराएर उत्पादन मुलक कार्यमा लागउनु पर्ने उनको तर्क छ । बढ्दो बेरोजगारी नियन्त्रण र सामाजिक रुपान्तरणका लागि कृषिमा क्रान्तिको आवश्यक रहेको उनले बताए । राष्ट्रिय पीडित उद्धार परामर्श तथा साँस्कृतिक युवा समाज तथा नो ग्रुप सेक्युरेटी सर्भिस

प्रालिका प्रमुख संचालक समेत रहेका बस्नेतले ५ हजार भत्ताले देशलाई सम्मृद्धिमा नपु¥याउने तर्क गर्दै उनीहरुलाई व्यवसायमार्फत आत्म निर्भर बनाउनुपर्ने बताउँछन्।
विदेशमा श्रमिक बेच्नु छाडेर, त्यही श्रमिकलाई नेपालमै श्रममा लगाई उनीहरुबाट उत्पादित सामान बेच्ने लक्ष्य र उदेश्य हाम्रो छ, बस्‍नेतले भने ।

पछिल्लो समय ग्रामिण भेगमा खेती योग्य जमिन बाँजो राख्नेको संख्या बढेको र त्यस्तो जमिनमा सरकारले लगानि गरेर उन्नत जातको फलफूल र बोट विरुवा लगाउन युवालाई प्रयोग गर्नु पर्ने आवान विज्ञहरुले उठाउँदै आएका छन् ।

समाजमा रहेका विकृति र विसंगतिलाई रोक्दै सामाजिक रुपान्तरणका लागि युवा बिना संभव नहुने उनको दाबी थियो । राष्ट्रिय पीडित उद्धार परामर्श तथा संस्कृतिक युवा समाज र नो ग्रुप सेक्युरेटी सर्भिस प्रालि र राष्ट्रिय युवा बेरोजगार व्यवस्थापन संघले एक दशक देखि सामाजिक क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै आएको छ ।

बागमति सरसफाई अभियान देखि गमलामा कौशी खेती अभियानको शुरुवात गरेका यी संस्थाहरु अहिले शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि क्रियाशील रहेका छन्। आर्थिक अवस्था कमजोर भएकाहरुलाई निशुल्क स्वास्थ्य र शिक्षाको व्यवस्था गरिरहेको र अहिले पनि विभिन्न विद्यालयमा गरी तीन सय विद्यार्थी निशुल्क पठनपाठन गरिरहेको उनीहरुको दाबी छ ।

यस संस्थाहरुले सहकार्यमा समाजमा हुने विभिन्न अपराधिक गतिविधि रोक्न सडक गस्तीदेखि लिएर अनाथ बालबालिकालाई बालआश्रममा राख्ने काम गर्दै आएका छन्। बृद्ध भत्ता, एकल महिला भत्ता अन्यमा आफुहरुको कुनै विरोध नभएको तर युवा जस्तो क्रिायशील समूहलाई भत्ता दिएर सरकारले निश्क्रिय बनाउने काम गरेको भन्दै यो उचित नभएको बताए ।

फाल्गुन १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्