कांग्रेस केन्द्रीय समिति बैठक जारी, दलको नेता चयनका लागि निर्वाचन समिति बनाउने

काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ।

संघीय संसदीय दलको विधान पारित गर्न चुनावपछि दोस्रोपटक बैठक बसेको हो।

बैठकमा शनिबार संसदीय दलले संविधानअनुसार तयार पारेको संसदीय दलको विधान पारित गर्ने कार्यसूची रहेको पार्टी कार्यालय सचिव कृष्ण पौडेलले जानकारी दिए।

शनिबार दुईपटक बसेको संसदीय दलको बैठकले राष्ट्रियसभाको व्यवस्था र छायाँ सरकार बनाउने विषय समेटेर नेता मीनेन्द्र रिजालको संयोजकत्वमा गठित विधान मस्यौदा कार्यदलले पेश गरेको विधान पारित गरेको थियो।

उक्त विधानलाई केन्द्रीय कार्य समितिले स्वीकृत गरेपछि कांग्रेसको संसदीय दलको नेता चयनका लागि बाटो खुल्नेछ।

बैठकले आजै दलको नेता चयनका लागि निर्वाचन समिति बनाउने एक केन्द्रीय सदस्यले जानकारी दिए। संसदीय दलका नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रतिस्पर्धामा छन्।

सम्बन्धित समाचार 

कांग्रेस केन्द्रीय समिति बैठक: बोल्‍न बाँकीले धारणा राख्‍न थाले

फाल्गुन १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्