सेयर बजार घट्ने क्रम रोकिएन; नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ।

आइतबार नेप्से परिसूचक १२.२५ अंकले घटेर १३७४.७३ अंकमा पुगेको छ। घटेको बजारमा दिन भरमा १ सय ४६ कम्पनीको ३१ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

राष्ट्रिय बिमा संस्थानको ५ करोड ४७ लाख रुपैयाँको प्रमोटर सेयरको कारोबार हुँदा बिमा संस्थान धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो।

दोहोरो अंकले घटेको बजारमा कारोबार भएका १ सय ४६ कम्पनी मध्ये २५ कम्पनीका लगानीकर्ता नाफामा रहे। आइतबार कुनै पनि कम्पनीको मूल्य २ प्रतिशत भन्दा बढी बढ्न सकेन। सबैभन्दा धेरै सिनर्जी पावरको मूल्य २ प्रतिशतले उकालो लाग्यो।

सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीको सूचीमा सुर्य लाईफ इन्स्योरेन्स रह्यो। सुर्य लाईफको मूल्य ४ प्रतिशतले ओरालो लागेको हो।

आइतबार कारोबार भएका ९ उपसूचक मध्ये होटल उपसूचक झिनो अंकले उकालो लाग्दा अन्य उपसूचकहरु ओरालो लागे।

फाल्गुन १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्