म्यानचेस्टर सिटीले जित्यो लिग कपको उपाधि, आर्सनल पराजित

म्यानचेस्टर सिटीले लिग (कारबाओ) कप फुटबलको उपाधि जितेको छ । टिमको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष प्रशिक्षक पेप गार्डिवलालले पहिलो उपाधि जितेका छन् ।

आइतबार राति भएको फाइनलमा प्रिमियर लिग क्लब आर्सनललाई ३-० ले हराएर म्यानचेस्टर सिटीले लिग कपको उपाधि उचालेको हो ।

म्यानचेस्टर सिटीलाई उपाधि दिलाउने क्रममा सर्जियो अग्युरो, विन्सेन्ट कम्पोनी र डेविड सिल्भाले गोल गरे । १८ औँ मिनेटमा अग्युरोको गोलबाट म्याचेस्टर सिटीले पहिलो हाफमा १-० को अग्रता लियो ।

सिटीले दोस्रो हाफमा थप दुई गोल गर्दै उपाधि उचाल्यो । ५८ औँ मिनेटमा कम्पानी तथा ६५ औँ मिनेटमा सिल्भाले गोल गरे । योसँगै सिटीले उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

यो सिजनको पहिलो उपाधि जितेको सिटीले समग्रमा लिग कपको उपाधि पाँचौँ पटक जितेको हो । धेरै पटक लिग कपको उपाधि जित्ने क्लबको सूचिमा म्यानचेस्टर सिटी दोस्रो नम्बरमा छ । पहिलो नम्बरमा लिभरपुल रहेको छ ।

आर्सनलले खेलमा गोल गर्ने केही राम्रा मौका बनाएको थियो । तर त्यसमा उ सफल हुन सकेन र घरेलु मैदानमै भएको खेलमा पराजित हुँदै उपाधि सिटीलाई सुम्पियो ।

लिग कपको उपाधिबाट उपाधि यात्रा सुरु गरेका गार्डिवला यो सिजन प्रिमियर लिगको उपाधि होडमा पनि अघि रहेका छन् । यसैगरी च्याम्पियन्स लिगमा पनि उसले राम्रो प्रदर्शन गर्दै आएको छ ।

फाल्गुन १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्