२ मिनेट बाँकी हुँदा ह्यारी केनको उत्कृष्ट गोल

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । अवे मैदानमा भएको खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले क्रिष्टल प्यालेसलाई १-० ले हराएको हो ।

अन्तिम समयसम्म गोलरहित बराबरी भएको खेलमा टोटनह्यामलाई जिताउन खेल सकिन २ मिनेट हुँदा ह्यारी केनले महत्वपूर्ण गोल गरे ।

८८ औँ मिनेटमा केनले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । केनले यो सिजन सबै प्रतियोगितामा गरेर ३६ खेलमा ३५ गोल गरेका छन् । गएको सिजन उनले सबै प्रतियोगितामा गरेर ३८ खेलमा ३५ गोल गरेका थिए ।

तर क्रिष्टलप्यालेससँगको खेलमा क्रिष्टियन एरिक्सनको कर्नरमा केनले प्रहार गरेको गोलले गएको वर्षको गोलमा अहिले नै ट्याली गरेका हुन् । जितपछि चौथो स्थानको टोटनह्यामको २८ खेलबाट ५५ अंक भएको छ ।

फाल्गुन १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्