टीकापुर काण्डमा यस्तो थियो आरोप: एसएसपीसहित नौजना मारिएका थिए

काठमाडौं-एसएसपी लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक बालकको हत्याका योजनाकार रहेको आरोप लागेका रेशम चौधरीले जिल्ला अदालत कैलाली आत्मसमर्पण गरेका छन्।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहटले गरिरहेको आन्दोलनमा पुगेको प्रहरी टोलीमाथी भाला, तरबार लगायत हात हतियारले आक्रमण भएको थियो।

तत्कालिन अन्चल प्रहरी प्रमुख समेत रहेका एसएसपी न्यौपानेसहित प्रहरीको निर्मम हत्या भएको थियो। प्रहरीको अनुसन्धानमा उक्त घटनाका योजनाकार रेशम रहेको खुलेको थियो।

रेशम घटनापछि फरार थिए। तर गत प्रतिनिधि सभा निर्वाचनमा कैलालीबाट २० हजार ९ सय ३५ मतको फराकिलो अन्तरले विजयी भएपछि रेशम चर्चामा आएका थिए। उनीलाई राष्ट्रिय जनता दलले निर्वाचनमा टिकट दिएको थियो।

रेशम चौधरीले
मोस्ट वान्टेड सूचीमा रहेका रेशम चौधरी।

प्रतिनिधी सभामा निर्वाचित भएपछि रेशमले प्रमाणपत्र भने लिन पाएका थिएनन्। निर्वाचन आयोगले प्रमाणपत्र लिन आफै उपस्थित हुनुपर्ने बताएपछि रेशमले सर्वोच्चमा रिट समेत दायर गरेका थिए। तर उनको रिट खारेज भएको थियो। रेशम सार्वजनिक हुन संक्ने आशंकामा सुरक्षा निकाय हाइ अलर्टमा थिए।

फाल्गुन १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्