उपेन्द्र यादव परराष्ट्रमन्त्री पक्का!

फाइल तस्बिर।

काठमाडौँ- केपी ओली सरकारमा जान केही दिनयता एमाले र माओवादी शीर्ष नेतृत्वसँग वार्ता गरिरहेका स‌ंघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव परराष्ट्रमन्त्री बन्ने पक्का भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।

सोमबार ४ बजे शीतलनिवासमा हुन लाागेको शपथमा यादवले परराष्ट्रमन्त्रीको शपथ लिने पक्का भएको ती नेताले जानकारी दिए।

यादवले परराष्ट्र मन्त्रालयसहित अन्य एक मन्त्रालयको आकांक्षा गरेको भए पनि अहिलेलाई उनी एकजनामात्र सरकारमा जाने पनि बुझिएको छ।

 

फाल्गुन १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्