आज बादल, ईश्‍वर, युवराज र मातृकामात्र मन्त्री !

रामबहादुर थापा बादल,ईश्वर पोखरेल, मातृका यादव र युवराज खतिवडालाई शपथ गराउन ठीक्क पारिएको शीतलनिवास। तस्बिर: दीपा दाहाल/देश सञ्‍चार

काठमाडौँ- केपी ओली सरकारमा सोमबार थप चारजना मन्त्रीहरुले शपथ गर्ने भएका छन्।

माओवादीका तर्फबाट रामबहादुर थापा बादल र मातृका यादव मन्त्री बन्नेछन् भने एमालेका तर्फबाट ईश्वर पोखरेल र युवराज खतिवडाले शपथ लिने भएका छन्।

रामबहादुर थापाले गृह मन्त्रालयको नेतृत्व सम्हाल्ने र युवराज खतिवडाले अर्थ मन्त्रालयको जिम्मेवारी लिने भनिए पनि अन्य दुई मन्त्रीको पोर्टफोलियो केहीबेरमै थाहा हुनेछ।

उनी चारैजना लबेदा सुरुवाल लगाएर शपथका लागि राष्ट्रपति निवासमा बनाइएको मञ्चमा बसेका छन्।

फाल्गुन १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्