कार्यभार सम्हालेपछि गृहमन्त्री थापाले दिए २० मिनेट अर्तिउपदेश

काठमाडौँ- माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका गृहमन्त्री रामबहादुर थापा बादलले गृहमन्त्रालयमा कार्यभार सम्हाल्दै करिब २० मिनेट अर्तिउपदेश दिएका छन्।

उनले गृह मन्त्रालयका कर्मचारीहरुलाई राखेर २० मिनेटसम्म अर्तिउपदेश दिएका थिए।

उनले राजनीतिक स्थायित्व सरकारको पहिलो प्राथमिकता रहेको बताएका थिए। उनले शन्ति सुशासन कायम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

उनले गृहमन्त्रालयका हरेक सदस्यले शान्ति सुरक्षाको अवस्था सुधार्न ठूलो भूमिका खेल्ने आशा पनि गरेका थिए। उनले भने, ‘शान्ति सुरक्षा व्यवस्था मजबुत बनाउन तपाईँ हामी मिलेर अघि बढ्नुपर्छ,’ उनले भने।

नेपालमा शान्ति सुरक्षाको अवस्था मजबुत भयो भने अरुले पनि त्यसबाट पाठ सिक्ने उनले बताए। उनले विगतमा गृह मन्त्रालयमा रहेका मन्त्रीहरुले राम्रो काम गरेको र आफूले त्यसलाई पूर्णयता अवलम्बन गर्ने पनि बताए।

फाल्गुन १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्