काठमाडौं- केपी ओली सरकारमा सोमबार थप चारजना मन्त्रीहरुले शपथ गरेका छन्।

माओवादीका तर्फबाट रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् भने मातृका यादवलाई वाणिज्य तथा उद्योगमन्त्रीको जिम्मेवारी दिइएको छ।

एमालेका तर्फबाट ईश्वर पोखरेलले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् भने युवराज खतिवडाले अर्थ मन्त्रालयको शपथ लिएका छन्।

दुई साताअघि आफूसहित तीन मन्त्रीको सानो मन्त्रिपरिषद् बनाएका केपी ओलीले सोमबार बल्ल चार मन्त्री थपेका छन्।

तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्‍चार