जनकपुरमा महासरसफाई अभियान

मुख्यमन्त्री राउतले कुचो लिएर सडक बढारेपछि..

मुख्यमन्त्री बनेपछि पहिलो पपटक हातमा कुचो लिएर सडकमा निस्केका प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत। तस्बिर-प्रतिभा झा/देश सञ्‍चार

जनकपुरधाम-मिथिला माध्यमिकी परिक्रमा जनकपुर आउन लागेको बेला जनकपुरमा महासरसफाई अभियान सुरु गरिएको छ।

मंगलवार विहान प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत लगायत प्रदेश सांसद, नेता, समाजसेवी, विद्यार्थीहरुले गरेको जनकपुर महासफाई अभियानमा मुख्यमन्त्री आफैले समेत सडक बढारेका छन्।

मुख्यमन्त्री बनेपछी पहिलो पल्ट हातमा कुचो लिएर सडकमा निस्केका राउतले जनकचोकदेखि जानकी मन्दिसम्मको सरसफाईमा सहभागि भए।

मुख्यमन्त्री राउतले प्रदेशलाई स्वस्थ्य बनाउन नियमित सरसफाईमा ध्यान दिनुपर्ने भन्दे कुनै पठि ठाउँको सुसभ्य नागरिकको परिचय त्यस स्थानको सरसफाई र वातावरणले मात्र दिने बताएका छन्।

मुख्यमन्त्री राउतले भने, ‘यस प्रदेश भित्रको हरेक गाउँपालिका, नगरपालिकादेखि महानगरपालिकासम्म सरसफाई अभियान चलाउनुपर्छ, अनी मात्र हामी स्वच्छ, सफा र स्व्स्थ्य हुन सक्छौं।’

उनले मठमन्दिरको छेउ छाउ र सार्वजनिक स्थलमा जथाभावी फोहर फाल्नेलाई प्रचलित कानुन बमोजिम कार्बाही गर्ने प्रक्रिायामा जानु पर्ने समेत बताएका छन्। परिक्रमालाई मध्यनजर गर्दै महासफाई अभियान आयोजन असहाय संरक्षण मञ्चका अध्यक्ष एवं समाजसेवी बैद्यनाथ साहले गरेका थिए।

असहाय संरक्षण मञ्चको समन्वयमा निजि विद्यालयको संगठन प्यावशन, एन प्यावशन लगायत विभिन्न संघसंस्थाहरुले संयुक्त आयोजनमा भएको महासफाई अभियानमा जनकपुरको धार्मिक तथा एतिहासिक स्थल रामचोक, जनकचोक, जानकी मन्दिर लगायत जनकपुर अन्तरगृह परिक्रमा सडकको समेत सरसफाई गरिएको छ।

मिथिला माध्यमिकी परिक्रमा भोली जनकपुर आएर विश्राम गर्दै विहीवार अन्तरगृह परिक्रमा गरी सम्पन्‍न हुनेछ।

फाल्गुन १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्