ट्याक्टरको ठक्‍करबाट यातायात कार्यालयका कर्मचारीको मृत्यु

दाङ-दाङमा ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ।

घोराही उपमहानगरपालिका–१६ सर्रा नजिकै केहिबेर अघि रा १ त ८३५ नम्बरको ट्याक्टरको ठक्करबाट रा ३ प ८७७३ नम्बरको मोटरसाईकलमा सवार रुकुम मुसिकोट नगरपालिका-४ का ५० वर्षिय हरिबहादुर नेपालीको ज्यान गएको हो।

घोराहीबाट तुलसीपुर जाँदै गरेको ना ६ ख ६२० नम्बरको ट्रकको पछाडी नेपाली सवार मोटरसाईकल ठोक्किएको थियो।

लगत्तै घाइते नेपालीलाई पछाडीबाट गईरहेको ट्याक्टरले ठक्कर दिदा उनको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ।

ठक्कर दिने ट्याक्टर र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाली यातायात व्यवस्था कार्यालय राप्तीको कर्मचारी भएको बुझिएको छ।

फाल्गुन १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्