दाङको लमहीमा राष्ट्रिय स्तरको क्रिक्रेट प्रतियोगिता आयोजना हुने

लमहीमा निर्माणाधिन अन्तराष्ट्रिय स्तरको क्रिक्रेट मैदान । तस्विर: दशरथ घिमिरे ।

दाङ– लमहीको निर्माणाधिन क्रिक्रेट मैदानमा थप पूर्वाधारको विकास गरी राष्ट्रिय स्तरको प्रतियोगीता आयोजना गर्ने तयारी गरिएको छ ।

क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष भिम वलीले आगामी बर्ष लमहीमा राष्ट्रिय स्तरको क्रिकेट खेल हुने जानकारी दिए ।‘लमहीमा राष्ट्रिय स्तरको क्रिक्रेट खेल सञ्चालन हुन्छ, त्यही भएर हामी यहाँ छलफलका लागी आएका हौं’उनले भने–‘क्रिक्रेट मैदानको पुर्बाधार निर्माणको लागी सबैले आ–आफ्नो तर्फबाट भुमिका निर्बाह गर्न आग्रह गर्छु ।’

क्रिक्रेट मैदानको निर्माणको लागी खेलकुद मन्त्रालय मार्फत ४० लाख र लमही नगरविकास समितिले एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । सोही बजेट सदुपयोग गर्दै मैदानमा पूर्वाधार वनाउने तयारी छ । नगरपालीकाले अहीले सम्म दुई करोड बढी बजेट क्रिक्रेट मैदानको पूर्वाधार विकासमा खर्च गरीसकेको समितिका सव ईञ्जिनियर तुलसीराम अर्यालले वताए ।

रनिंग शिल्ड प्रतियोगीताको तयारी

दशौं राष्ट्रपती रनिंग शिल्ड प्रतियोगीता शूर्य विनायक माध्यमिक विद्यालय नर्ती हुने भएको छ । फागुन १९ गते देखी २३ गते सम्म हुने प्रतियोगीताको तयारी अनुसार सरोकारवाला निकायहरुको विचमा वैठक सम्पन्न भएको छ । वैठकले विभिन्न समिति तथा उपसमिति गठन गरेको छ । सामुदायीक विद्यालय ३० वटा र संस्थागत विद्यालयहरु १६ गरी ४६ विद्यालयका विद्यार्थीले भाग लिनेछन् ।

जिल्ला खेलकुद विकास समिति दांग निर्वाचन क्षेत्र नं. १ का संयोजक सिता चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लमही नगरपालीकाका मेयर कुलबहादुर केसी, वडा नं. १ का अध्यक्ष नुमराज पौडेल लगाएतका उपस्थिती रहेको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

फाल्गुन १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्