काठमाडौँ- फागुपूर्णिमाको दिन बिहीबार राजधानीलगायत मुलुकका पहाडी भेगमा होली मनाइएको छ।

राजधानीको वसन्तपुरमा होलीको अभूतपूर्व कार्यक्रम भएको छ। भूकम्पबाट दुई वर्षअघि क्षतविक्षत वसन्तपुरमा सामूहिक रुपमा उल्लासपूर्ण रुपमा होली मनाइएको हो।

सहरभित्रका बासिन्दाहरु परम्परागत हिसाबले होली मनाउन जम्मा भएका थिए भने अाधुनिक तरिकाले होली मनाउनेको संख्या पनि त्यहाँ ठूलो थियो।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले त्यहाँका केही दृश्यहरु क्यामरामा कैद गरेका छन्।