होलीमा उच्छृङ्‌खल गतिबिधि गर्ने २ सयभन्दा बढी प्रहरी नियन्त्रणमा

होलीमा चेकिङ गर्दै ट्राफिक। तस्बिर-बर्षा शाह/देश सञ्‍चार

काठमाडौं- होलीका क्रममा लोला हान्‍ने, रक्सी खाएर हुलदंगा गर्ने र जबरजस्ती रङ लगाउने खोज्‍ने २ सय ७५ भन्दा बढीलाई प्रहरीले नियन्त्रण लिएको जनाएको छ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विश्‍वराज पोखरेलले बिगतका वर्ष भन्दा उच्छृङ्‌खल गतिबिधि गर्नेमा कमी आएको बताए।

उनले काठमाडौंका धेरै ठाउँहरुमा शान्तिपूर्वक होली खेल्नेहरु जम्मा भएको बताए। काठमाडौंका धेरै ठाउँहरुमा सादा पोसाकमा प्रहरीहरु परिचालन गरिएको उनले जानकारी दिए।

९ सयभन्दा बढी ट्राफिक नियम उलंघन गर्ने नियन्त्रणमा

काठमाडौं उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने ९ सय भन्दा बढी सवारीलाई नियन्त्रणमा लिएको पोखरेलले जानकारी दिए। नियन्त्रण लिएको मध्ये मोटरसाइकलको सख्याँ धेरै भएको उनले बताए।

तस्बिरहरु- बर्षा शाह/देश सञ्‍चार

फाल्गुन १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्