हिमालयन आँखा अस्पतालले मनायो रजत जयन्ती

हिमालयन आँखा अस्पतालको २५ औँ वार्षिकोत्सवमा उपस्थित प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र आइकेयर फाउन्डेसनका प्रमुख आर्थर भान प्राग। तस्बिर: देशसञ्चार

काठमाडौँ- पच्चीस वर्षअघि पोखरामा स्थापना भएको हिमालयन आँखा अस्पतालले बिहीबार रजत जयन्ती मनाएको छ। उक्त अवसरमा अस्पतालको नवनिर्मित भवनको प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका थिए।

२५ औँ वार्षिकोत्सवका अवसरमा आइकेयर फाउन्डेसनले करिब ६० लाख रुपैयाँ मूल्यबराबरको आँखा उपचारसम्बन्धी उपकरण हिमालयन आँखा अस्पताललाई प्रदान गरेको संस्थासँग सम्बद्ध अनिल गोर्खालीले जानकारी दिए।

उक्त अवसरमा हिमालयन आँखा अस्पतालले बिहान आँखा उपचारसम्बन्धी जनचेतना र्‍यालीसमेत गरेको थियो।

नेदरल्यान्ड्सको एनजिओ आइकेयर फाउन्डेसनले मार्च १, १९९३ मा हिमालयन आँखा अस्पतालको स्थापना गरिदिएको हो।

आइकेयर फाउन्डेसनले दक्षिणपूर्वी एसियामा आँखा उपचारका गतिविधिलाई प्रोत्साहित गर्छ।

आइकेयर फाउन्डेसनकी फन्ड राइजिङ विभाग प्रमुख माइका भ्यान भीनले हिमालयन आँखा अस्पतालको सफलताको कामना गरेकी छन्। ‘हामी

नेपालको अन्धोपनासँग जुध्न हिमालयन आँखा अस्पतालसँग भविष्यमा पनि सहकार्यको आशा गर्दछौँ।’ कार्यक्रममा आइकेयर फाउन्डेसनका प्रमुख अर्थर भान प्राग पनि उपस्थित थिए।

 हिमालयन आँखा
आइकेयर फाउन्डेसनकी फन्ड राइजिङ विभाग प्रमुख माइका भ्यान भीन। तस्बिर: देशसञ्चार
फाल्गुन १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्