होलीमा खुकुरी हानेर टीकापुरमा एकको हत्या
टीकापुर- अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट टीकापुरका करण थापाको मृत्यु भएको छ।
विहीबार टीकापुरको खुल्ला मञ्चमा होली देउडा खेल्ने स्थानमा थापालाई खुकुरी प्रहार गरेको र शक्त घाईते थापाको टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
२२ वर्षीय थापाको छाती र करङमा खुकुरी प्रहार गरिएको प्रहरीले जनाएको छ। टीकापुर २ सितापुरका थापामाथि गएराति पौने १२ बजेतिर खुकुरी प्रहार भएको हो।
खुकुरी प्रहार गर्नेको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। थापाको शव अहिले टीकापुर अस्पतालमा राखिएको छ ।