नेपालमा पहिलो पटक अपाङ्गता मैत्री ट्रेकिङ ट्रेल बन्यो

काठमाडौं- नेपालमा पहिलो पटक अपाङ्ग मैत्री ट्रेकिङ ट्रेल सञ्चा‍लनमा आउने भएको छ। अन्नपूर्ण गाउँपालिका सारनकोट नौडाडाबाट सिंगापुरे होटलसम्म बनेको १.३ किलोमिटर ट्रेलको उद्घाटन चैत १५ गते गरिने भएको छ। ट्रेलको कुल लम्बाई ३ किलोमिटर भए पनि पोखरामा आयोजना हुने इन्टरनेसनल एक्सिसेबल एडभेन्चर कन्फरेन्सको अवसरमा ट्रेलको उद्घाटन गरिने भएको हो।

नेपाल पर्यटन बोर्डले १७ लाख रुपैयाँको लगातमा ट्रेलको निर्माण गरेको हो। नेपाल पर्यटन बोर्डमा इन्टरनेसनल एक्सिसेबल एडभेन्चर कन्फरेन्सको जानकारी दिने आयोजित पत्रकार नेपालको ट्रेकिङ ट्रेलबारे जानकारी दिएइको थियो। मार्च २९ देखि ३१ सम्म पोखरामा इन्टरनेसनल एक्सिसेबल एडभेन्चर कन्फरेन्स आयोजना हुने भएको हो।

१ अर्ब अन्तराष्ट्रिय पर्यटक मध्ये प्रत्येक वर्ष १० प्रतिशत भन्दा बढी अपाङ्गता र जेष्ठ नागरिक बिभिन्न ठाउँहरुमा घुम्ने गरेका भन्दै कन्फरेन्समा नेपालमा अपाङ्गता भएका पर्यटकहरु ल्याउने सम्भावनाका विषयमा छलफल हुने आयोजकले जनाएको छ।

पर्यटन बोर्ड सँगको सहकार्यमा आयोजना हुने कन्फरेन्समा एक सय २५ जना भन्दा बढीको सहभागिता रहने छ। सहभागीमा ५० जना भन्दा बढी बिभिन्न देशका अपाङ्गता भएका व्यक्तिहरु रहने छन्। कन्फरेन्समा महानगरपालिका, केहि उपमहानगरपालिका र नगरपालिकाका मेयरको पनि सहभागी हुने आयोजकले जानकारी दिएको छ।

पर्यटन बोर्डका सीइओ दिपक जोशीले कन्फरेन्सको उदेश्य नेपालमा सबैका लागि पर्यटनको वातावरण बनाउने र अपाङ्गमैत्री पूर्वाधार निर्माणमा जोड दिनु हुने बताए।

पोखरामा आयोजना हुने कन्फरेन्सलाई अफगानिस्ताको युद्धमा घाइते भई अपाङ्ग भएका हरि बुढामगरले सम्बोधन गर्ने छन्। आयोजकका अनुसार कन्फरेन्समा प्यालन डिस्कसन् पनि हुने छ।

फाल्गुन १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्