रियल मड्रिडका यी खेलाडीलाई पाँच वर्ष जेल सजाय हुन सक्छ

क्रोएसियाको राष्ट्रिय फुटबल टिमका कप्तान लुका मोड्रिकमाथि अदलतमा झुठो बयान दिएको भन्दै आरोप दर्ता भएको छ ।

स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर मोड्रिकले डिनामो जाग्रेबका पूवर्न कार्यकारी निर्देशक जड्राव्को मामिकमाथि लागेको कर छली सम्बन्धी मुद्दाको सुनुवाईको क्रममा साक्षीको रुपमा प्रस्तुत हुँदा मोड्रिकले झुठो बयान दिएको आरोप लागेको हो ।

३२ वर्षे मोड्रिकले गएको वर्षको जुनमा सन् २००८ मा डिनामोबाट इंग्लिस क्लब टोटनह्याममा आफू अनुबन्धित हुँदाको विस्तृत विवरण प्रस्तुत गर्ने क्रममा झुठ बोलेको आरोप छ । आरोप प्रमाणित भएमा मोड्रिकले पाँच वर्षसम्मको जेल सजाय भोग्नु पर्ने छ ।

क्रोएसियन फुटबलका शक्तिशाली व्यक्ति मामिक मोड्रिक डिनामो जाग्रेबमा भएका बेला क्लबका उच्च अधिकारी थिए । डिनामो जाग्रेब क्रोएसियन लिगको सबैभन्दा सफल क्लब हो ।

सन् २००८ मा मोड्रिकको ट्रान्सफ १५ मिलियनमा भएको भए पनि १.५ मिलियन युरोमा अनुबन्ध भएको दाबी गरिएको आरोप छ ।

फाल्गुन १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्