आजको मौसम : दिउँसोदेखि आंशिक बदली, बेलुका हावाहुरीको सम्भावना

काठमाडौं – देशका अधिकांश क्षेत्रको मौसम शनिबार बिहान सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर दिउँसोदेखि पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने र केही ठाउँमा मेघगर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको मौसमविद राजु प्रधानाङ्गले बताए ।

काठमाडौं उपत्यकामा पनि बिहानदेखि नै मौसम सफा छ तर दिउँसोतिर आंशिक बदली हुने सम्भावना रहेको उनले बताए । प्रि–मनसुनको समय भएकाले ठाउँ ठाउँमा न्यून चापिय क्षेत्र बन्ने भएकाले बेलुका तिर हावाहुरी चल्न सक्ने मौसमविदले बताएका छन् ।

दिउँसो घाम लाग्ने र त्यसले जमिन तातेर न्यून चापिय क्षेत्र बन्दा हावाहुरी चल्ने गरेको मौसमविदको भनाई छ । यो प्रि–मनसुन अवधीको विशेषता नै रहेको मौसमविद प्रधानाङ्गले बताए ।

फाल्गुन १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्