घुमफिर

तिलौराकोटमा समयमाई, जगदिशपुरमा साइबेरियन चरा (फोटो फिचर)

कपिलवस्तु – आँखामा अटाउने क्षितिजको आकार असीमित छ । तर यो आकार त्यसबेला सीमित लाग्छ, जब आँखाको क्षितिज भन्दा भव्य दृश्यको अघि पुगिन्छ ।

कपिलवस्तु जिल्ला यस्ता धेरै स्थानको केन्द्र हो, जहाँ बुद्धले आफ्नो जीवनको महत्वपूर्ण कालखण्ड बिताए । बाणगंगा नदीले माटोलाई ओसिलो बनाउँदै बग्यो । अनि जगदिशपुर तालले सिँचाई मात्रै गरेन सुन्दर प्राणी चराका लागि बास दियो ।

तिलौराकोट

प्राचीन कपिलवस्तुको रुपमा लिइने तिलौराकोटमा गौतम बुद्धसँग जोडिएका धेरै इतिहास छन् । पुरातात्विक महत्वले भरिएको तिलौराकोट दरबारको भग्नावशेष मात्रै अहिले देख्न सकिन्छ । जहाँ बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएका थिए ।

सदरमुकाम तौलिहवाबाट झण्डै तीन किलोमिटर उत्तरमा बाणगंगा नदीको किनारमा रहेको तिलौराकोटमा दबारका भग्दावशेषसँगै स्थानीय बासिन्दाको आस्थासँग जोडिएको समयमाईको मन्दिर पनि छ ।

जगदिशपुर ताल

सत्तरीको दशकमा सिंचाइका लागि पानी संकलन गर्ने केन्द्रको रुपमा बनाइएको जगदिशपुर तालले जमिनलाई सिंचित मात्रै गरेको छैन, रैथानेसहित घुमन्ते चरालाई बास दिएको छ । भर दिएको छ ।

बाणगंगा नदीको पानीमा रमाएर २२५ हेक्टरमा फैलिएको छ जगदिशपुर ताल । यहाँ विभिन्न प्रजातिका चरा पाइन्छ । हिउँदमा यहाँ साबेरियाबाट आएका चराको हुल देख्न पाइन्छ । यो ताल नेपालको ठूलो सिमसार क्षेत्र हो र सन् २००३ मा रामसार सूचिमा परेको छ ।

र बाणगंगा नदी

काखमा तिलौराकोट अनि जगदिशपुर तालको प्राण बनेको नदी बाणगंगा । तर कहिले काँही यही नदी मानव प्राणको दुश्मन भइदिन्छ ।

बर्खामा उर्लने बाणगंगाले हिउँदमा पनि आफ्नो गति छोडेको छैन । केही बिनास र धेरै साथले बाणगंगाले कपिलवस्तुको जनजीविकामा साथ दिएको छ ।

फाल्गुन १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्