प्रदेश नं १ खेलकुदको हब हुनेछः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई। तस्बिर: देशसञ्चार

विर्तामोड- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई खेलकुदको हब बनाउने बताएका छन्। झापाको विर्तामोडमा झापा गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन गर्दै मुख्यमन्त्री राई नेपालमा अब स्थायी सरकारले प्रशस्त काम गर्न मौका पाउने भन्दै खेलकुद क्षेत्रमा प्रदेश सरकारले धेरै काम गर्ने बताए।

मुख्यमन्त्री राईले भने, ‘हामीले प्रदेश नं १ मा खेलकुदका लागि महाविद्यालय स्थापना गर्ने काम गरिरहेका छौं जुन भौतिक पूर्वाधार सम्पन्न हुनेछ।’

विगतमा खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा नपरेको मुख्यमन्त्री राईले बताए। उनले भने, ‘अब युवा शक्तिलाई आकर्षण गर्नका लागि खेलकुदको विकास नगरि धर छैन। हामी त्यो काममा लागि परेका छौं।’

अब देश शान्तिको विकासमा गइसकेकाले खेल क्षेत्रको विकास हुनेमा ढुक्क रहन उनले आग्रह गरे। प्रत्येक स्थानीय तहमा खेल मैदानको विकासका लागि सरकारले सहयोग गर्ने राईले आश्वासन दिए।

फाल्गुन १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्