टुँडिखेलमा 'बुद्ध वाज बर्न इन नेपाल'

बुद्धको पक्षमा राजेश हमालदेखि केपी ओलीसम्‍म (फोटो फिचर)

काठमाडौँको टुँडिखेलमा शनिबार धम्मपद (बुद्ध वचन) वाचन गर्दै।बुद्धवचनलाई एकैपटक वाचन गरी विश्व कीर्तिमान कायम गराउन र बौद्ध दर्शन अन्तर्राष्ट्रिय रुपमा फैलाउने उद्देश्यले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने पहल सुरु भएको हो। तस्बिर-बर्षा शाह/देश सञ्‍चार

काठमाडौँको टुँडिखेलमा शनिबार हजारौले धम्मपद (बुद्ध वचन) एकैपटक वाचन गरेका छन्। बौद्ध दर्शन अन्तर्राष्ट्रिय रुपमा फैलाउने उद्देश्यले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्‍ने प्रमाणित गर्न विश्व कीर्तिमानी परिषद् नेपाल सो कार्यक्रम आयोजना गरेको हो।

काठमाडौँको टुँडिखेलमा शनिबार धम्मपद (बुद्ध वचन) वाचन गर्दै।बुद्धवचनलाई एकैपटक वाचन गरी विश्व कीर्तिमान कायम गराउन र बौद्ध दर्शन अन्तर्राष्ट्रिय रुपमा फैलाउने उद्देश्यले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने पहल सुरु भएको हो। तस्बिर-बर्षा शाह/देश सञ्‍चार

धम्मपद वाचन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमालेका स्थायी समिति सदस्‍य एवं पूर्वसभामुख सुवास नेम्वाङ, स्वामी आनन्द अरुणदेखि महानायक राजेश हमाल, गायिका एवं राष्ट्रिय सभासदस्य कोमल ओलीदेखि सर्वसाधारणको बाक्लो उपस्थिति थियो।

प्रधानमन्त्री ओलीले बुद्धको २६ सय वर्ष अगाडिको सत्‍य वचनलाई सबैले आफ्नो व्‍यवहारमा लागू गर्नुपर्ने बताए। उनले भने, ‘ बुद्धले २६ सय वर्षअगाडि दिएको सत्‍य वचन अहिले पनि उत्तिकै उपयुक्त छ। हामी सबै नेपालीले आफ्नो व्‍यवहारमा लागू गरौं र बुद्धलाई विश्‍वमा चिनाउन प्रण गरौ।

हजारौ उपस्थित सर्वसाधारणको भीडले धम्मपद (वुद्ध वच्‍चन) वाचन गरिरहँदा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो।

यसअघि भारतको आर्ट अफ लिभिङ फाउण्डेसनले ५६ हजार ६६० को उपस्थितिमा कविता पढेर गिनिज बुकमा रेकर्ड राखेको थियो।

तस्बिरहरु- बर्षा शाह/देश सञ्‍चार

फाल्गुन १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्