आइकेयर फाउन्डेसनको सहयोगमा आँखा उपचार केन्द्रको स्तरोन्नति

काठमाडौँ- गोरखास्थित प्राथमिक आँखा उपचार केन्द्रलाई स्तरोन्नति गरी लाइन्स गोर्खा सर्जिकल आइ सेन्टरका रुपमा विकास गरी मोतीबिन्दु लगायत अन्य शल्यक्रिया नियमित रुपमा गरिने भएको छ। आइकेयर फाउन्डेसन द नेदरल्यान्ड्सको आर्थिक सहयोगमा केन्द्रको स्तरोन्नति गर्न लागिएको हो।

आइकेयर फाउन्डेसन, लाइन्स क्लब अफ गोर्खा र नेपाल नेत्रज्योतिसंघ गोर्खाबीच यसबारे शुक्रबार सम्झौता भएको छ। आइकेयर फाउन्डेसनले आउँदो तीन वर्षका लागि १ करोड ५० लाख बराबरको आर्थिक सहयोग यसका लागि गर्ने भएको छ।

यस अवसरमा आईकेयर फाउन्डेसनको फन्ड रेसिङ विभागकी प्रमुख मिसेज माइका भान भिन, दाता मिसेज भर्जिनी भान डिजिजेन, लाइन्स क्लबका अन्जित र योङ के श्रेष्ठ तथा नेपाल नेत्रज्योति संघ गोरखाका पीएन घिमिरे र आइकेयर फाउन्डेसन नेपालका प्रमुख अनिल गोर्खाली उपस्थित थिए।

यही अवसरमा हिमालयन आँखा अस्पताल पोखराका चिफ मेडिकल डाइरेक्टर इन्द्रमान महर्जनले गोरखा आँखा उपचार केन्द्रमा दुई दिन मोतीविन्दुको शल्यक्रिया सञ्चालन गरेका छन्।

फाल्गुन १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्