फोटो फिचर

सनमले नेपाली फ्यानलाई सनम नै बनाए

जावलाखेल कन्सर्टमा गीत गाउँदै गर्दा सनम पुरी । तस्बिर : बर्षा शाह/देश सञ्चार
सनम पुरी गीत गाउँदै । तस्बिर : बर्षा शाह/देश सञ्चार लिड गिटारमा समर पुरी । तस्बिर : बर्षा शाह/देश सञ्चार ड्रम्समा केशव धनराज । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौं – चार युवाको समूह । पेशा संगीत । बलियो पक्ष, बान्की मिलाएर गाउने गीत, झुमेर बजाउने बाजा अनि त्यो भन्दा ठूलो चारबिचको कनेक्सन ।

कुरा हो, सनम ब्याण्डको । युट्युब मार्फत कम्तिमा भारत र नेपालसहितका भारतीय प्रायद्विपमा आफूलाई चिनाउन सफल भारतीय ब्याण्ड ।
सदस्य दुई दाजुभाइ सनम र समर पुरी अनि दुईमा चार भने हुने केशव धनराज र वेंकी एस ( वेंकट सुब्रमन्याम) ।

गीत गाउने चार सदस्यमा सायद सबैभन्दा कान्छा, सनम पुरी । लिड गिटारमा उनका दाइ समर पुरी, बास गिटारमा वेन्की अनि ड्रम्समा केशव धनराज ।

सनमको नामले आफूलाई इन्टरनेटको दुनियामा स्थापित गराउन सफल सनम ब्याण्ड शनिबार बेलुका नेपालमा थियो ।

आफ्नो गिटारको तारमा दर्शकलाई तान्दै समर पुरी । तस्बिर : बर्षा शाह/देश सञ्चार

बलिवुडका नयाँ पुराना गीतलाई आफ्नो संगीतमा गाएर तथा आफ्नै ओरिजिनल गीतबाट चर्चित भएको सनम ब्याण्डले शनिबार बेलुका ललितपुर जावलाखेलको मैदानमा प्रस्तुति दिँदा नेपाली फ्यानको अनुहारमा उत्साह उत्कर्षमा थियो । थियो त्यस्तै उमंग चार युवाले भरिएको सनम ब्याण्ड र उनीहरुलाई साथ दिन आएका अरु कलाकारमा पनि ।

ड्रम्समा रमाउँदै केशव धनराज । तस्बिर : बर्षा शाह/देश सञ्चार

सनमले नयाँ गीत सनम मेन्नु गाएर सुरु गरेको कन्सर्टमा आफ्ना चिर्चित गीत गाए भने उनीहरुले नेपाली गीतको स्वाद पनि दिए ।

सनमले लगजा गले से फिर कभी गाउँदा भावुक बनेका दर्शक सनमले नेपाली गीत परेलीमा लुकाइ राखन गाउँदा भावनामा बाँधिए, मायाले स्वतन्त्र भए ।

सनमले नेपाली फ्यानलाई सनम नै बनाए ।

फाल्गुन २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्