कान्तिपुरको टिम बयान दिन अदालत पुग्यो

अदालत जाँदै गरेका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहिया तथा निर्देशक स्वस्तिका सिरोहिया । तस्बिर : शरद ओझा/देश सञ्चार

काठमाडौं – आफूलाई लागेको अदालतको अवहेलना मुद्दामाथि बयान दिन कान्तिपुर दैनिकका प्रकाशक, प्रधान सम्पादक र संवाददाता सर्वोच्च अदालत पुगेका छन् ।

उनीहरुले गएको शुक्रबार समय अभावका कारण बयान दिन पाएका थिएनन् । उनीहरुको आइतबार बयान दिने तयारी छ । त्यसका लागि अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहिया तथा निर्देशक स्वस्तिका सिरोहिया अदालत पुगेका हुन् ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा बयान हुनेछ ।

अदालत जाँदै गरेका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहिया तथा निर्देशक स्वस्तिका सिरोहिया । तस्बिर : शरद ओझा/देश सञ्चार

सरकारी कागजातमै प्रधानन्यायाधीश गोपाल पराजुलीका चार जन्ममिति लगायतका समाचारले अदालतको अवहेलना भएको भन्दै परेको मुद्दामा सुनुवाइ गर्दै उनकै इजलासले कान्तिपुरलाई बयानका लागि बोलाएको हो ।

सम्बन्धित समाचार…

कान्तिपुरले सर्वोच्च अदालतमा आज बयान दिन पाएन

फाल्गुन २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्