भक्तपुरमा मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गयो

भक्तपुर- भक्तपुरको चुनदेवीमा  शनिबार साँझ दुई वटा माेटरसाइकल आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ।

बा ९२ प ४६४ र बा ६१ प ४१५ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा गम्भिर घाइते भएका ४६४ नम्बरको मोटरसाइकलका चालक भक्तपुर नगरपालिका ५ सुर्यविनायक दार्जलिङ हाईट बस्ने २४ बर्षीय प्रमोद श्रेष्ठको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो।

४१५ नम्बरको मोटरसाइकलका चालक भने दुर्घटना पश्चात फरार छ।

फाल्गुन २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्