जिम्बावेविरुद्ध नेपालबाट ककसले खेल्दैछन्?

काठमाडौं- आईसिसी एकदिवशिय  विश्वकप छनोटअन्तर्गत  पहिलो खेलमा जिम्बावेविरुद्ध खेल्ने नेपाली टोलीको टु‌ंगो लागेको छ।

नेपाली टाेलीमा ज्ञानेन्द्र मल्ल, दिलिप नाथ, पारस खड्का, दीपेन्द्रसिंह एेरी, शरद भेषावकर, आरिफ शेख, रोहित पौडेल, सोमपाल कामी, बसन्त रेग्मी , सन्दिप लामिछाने र ललित राजब‌ंशी छन्। ललितको यो डेब्यू खेल हो। करन केसी टोलीमा छैनन् ।

समूह बीमा रहेको नेपालले अफगानिस्तान, हङकङ र स्कटल्यान्डसँग पनि खेल्ने छ।

अर्को समूहमा आयरल्याण्ड, वेष्ट इन्डिज, नेदरल्याण्डस्, पपुवा न्युगिनी र युएई रहेका छन् ।

समूहको शीर्ष तीनमा पुग्ने टिमले सुपर सिक्समा स्थान बनाउने छन् ।

 

फाल्गुन २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्