महन्थ र तारादेवीले खाए ज्येष्ठ सदस्यको शपथ

महन्थ ठाकुर प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको शपथ राष्ट्रपति विद्यादेवी भण्डारीबाट ग्रहण गर्दै। तस्बिर: दीपा दाहाल

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका जेष्ठ सदस्य एवम् रास्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र राष्ट्रियसभाका जेष्ठ सदस्य एवम् नेपाली कांग्रेसकी सांसद तारा देवी भट्टलाई ज्येष्ठ सदस्यको सपथ ग्रहण गराएकी छन्।

ठाकुरले मैथिली भाषामा सपथ लिएका छन्। अब भट्ट र ठाकुरले बानेश्वरस्थित संघीय ससद भवनमा निर्वाचित सांसदलाई दिउँसो चार बजे सपथ खुवाउने छन्।

यसअघि महेन्द्र राय यादवले ज्येष्ठ सदस्यको शपथ खुवाउने भनिए पनि प्राविधिक रुपमा मात्र ज्येष्ठ सदस्य भएका उनी रोकिएका थिए। उनी बिरामी भएको सूचना राष्ट्रपति कार्यालयलाई पठाइएको थियो।

त्यसअघि राष्ट्रपति कार्यालयका सचिव भुपेन्द्र पौडेलले संसदबाट प्राप्त पत्र पढेर सुनाएका थिए।

राष्ट्रियसभाकी ज्येष्ठ सदस्य तारादेवी भट्ट। तस्बिर: दीपा दाहाल

 

फाल्गुन २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्