जिम्बावेको १० ओभरमा , ८७ रन , एक विकेट, ६ छक्का र सात चौका प्रहार

काठमाडौं- आईसिसी एकदिवशिय  विश्वकप छनोटअन्तर्गत  आफ्नो पहिलो खेलमा नेपाल अहिले जिम्बावेसँग भिडिरहेको छ। टस जितेपछि ब्याटिङ गरेको जिम्बावेले १० ओभरमा एक विकेट गुमाएर ८७ रन जोडेको छ। जिम्बावेले ७७ रन जोड्दा   बसन्तले रेग्मीले विकेट लिएका हुन्। सेपास झुआव ४१ रनमा आउट भए।

नेपालले समूह ‘बी’को खेलमा जिम्बावेसँग खेल्दै यात्रा सुरु गर्न लागेको हो। सेफास झुआवले  २३ बलमा ४ छक्का र ३ चौका प्रहार गरे। अर्का ओपनर सोलोमन मायर ३८ रनमा खेल्दैछन्। उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गरेका छन्।

१० टोलीको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुई अर्थात फाइनलमा पुग्ने टिम आउँदो वर्ष इंग्ल्याण्डमा हुने विश्वकपका लागि छानिने छन् । प्रतियोगितामा चार टेस्ट र ६ एसोसिएट टोली सहभागी छन्। एसोसिएटमध्ये नेदरल्यान्ड्ससहित शीर्ष चार टोलीले चार वर्षका लागि एकदिवशिय अन्तर्राष्ट्रियको मान्यता पाउनेछन्।

समूहगत चरणमा नेपालले आयोजक जिम्बाबेसहित अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग प्रतिस्पर्धा गर्ने छ । अर्को समूहमा आयरल्याण्ड, वेष्ट इन्डिज, नेदरल्याण्डस्, पपुवा न्युगिनी र युएई रहेका छन् ।

समूहको शीर्ष तीनमा पुग्ने टिमले सुपर सिक्समा स्थान बनाउने छन् ।

फाल्गुन २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्